काठमाडौँ, जेठ १३ – गोमा एयरको कार्गो विमान शनिबार दिउँसाे सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त भएको छ । गोमा एयरका अनुसार विमान अवरण गर्ने क्रममा दुर्घटना परेको थियो । दुर्घटनामा पाइलट पारस राईको उपचारको क्रममा लुक्ला अस्पतालमा निधन भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
गोमा एयरका कर्मचारीका अनुसार विमानमा ३ जना चालक दलका सदस्य थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी माधव बुढाथोकीका अनुसार अनुसार विमान परिचारिका प्रज्ञा महर्जन र
उनीहरु लुक्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाइ थप उपचारकाे लागि काठमाडाैं ल्याउन खाेजिएपनि प्रतिकूल माैसमका कारण अहिलेसम्म सकिएकाे छैन ।
डिएसपी ढाथोकीका अनुसार अवतरण गर्ने क्रममा विमान जमिनमा धस्सिएर दुर्घटना भएका हाे ।