सुर्खेत । गैर दलितको भान्छा छोएको निहुँमा सुर्खेतमा एक दलित बालकलाई निर्घात कुटपिट गरिएको छ। सुर्खेत बराहगाउँपालिका-८ कुनाथरीका कक्षा ३ मा अध्ययनरत ९ वर्षिय भीमबहादुर विकलाई भान्छा छोएको निहुँमा छिमेकी भरत शाही र बाटु शाहीले कुटपिट गरेका हुन्।
भीमबहादुरका आमा जयसराका अनुसार उनीहरुले पहिला घरभित्र सामान ल्याउन पठाएर पछि किन भान्छा छोइस भन्दै लौरोले कुटेका थिए। जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी जयसराका अनुसार छोरालाई बेहोस हुनेगरी कुटपिट गरी घरमा लगेर छोडेका थिए।
आफु गोठालो गएको र घरमा फर्किदा छोरो घरमा बेहोस अवस्थामा भटिएको उनले बताइन्। भीबहादुलाई भरत शाहीले निल डाम बस्ने गरी बिहीबार साँझ कुटेका थिए। कुटिएको छोरालाई राती घरमा घरेलु औषधी गरेको र शुक्रबार मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाँउ सुर्खेतमा पुर्याएर उपचार गरिरहेको उनले जानकारी गराइन्।
पिटाइपछि भिमबहादुर अझै राम्रो हिड्डुल गर्न नसक्ने अवस्थामा छन्। उनले जातिय छुवाछुत विरुद्ध न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन्। पिडक पक्षले भने यसबारे अहिलेसम्म केहि प्रतिक्रिया जनाएको छैन।
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो