गृहमन्त्री र एमाले नेताबीच ‘वाकयुद्ध’

 

KP-Bimalendra शनिवारदेखि मेची–महाकाली अभियान चलाउन थालेको प्रमुख प्रतिपक्ष दलका नेता र गृहमन्त्रीबीच पेचिलो प्रहार भएको छ । एमाले नेताहरुले आफ्नो अभियानमा केही भए त्यसको जिम्मेवार गृहमन्त्री बिमलेन्द्र निधिले लिनुपर्ने बताएका छन् । उता गृहमन्त्री निधिले एमालेमा मधेश र आफुलाई हेर्ने नजरमै समस्या रहेको बताएका छन् । एमाले नेता र गृहमन्त्रीबीच ‘वाकयुद्ध’ चलेको छ ।

यस्तो आरोप–प्रत्यारोपमा पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली पनि ‘फ्रन्टलाइन’ पनि उभिएका छन् ।

 

कसरी शुरु भयो आरोप–प्रत्यारोपको खेल

फागुन १५ गते गृहमन्त्री निधि लहानमा थिए । फागुन १६ गते नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार त्यसदिन गृहमन्त्री निधिले मधेसबाट एमालेलाई बढार्ने गरी प्रचार अभियानमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका थिए ।

गृहमन्त्री निधिले संशोधन मधेस मात्र नभई देशकै हितमा भएको दाबी गर्दै उनले भने, ‘एमाले यसको विरोधमा गए हामी मिलेर भण्डाफोर गर्छौ।’ भनेको समाचार प्रकाशित थियो ।

‘संविधान कार्यान्वयनमा मधेसीको सहभागिता महŒवपूर्ण अर्थ राख्छ, जसका लागि उहाँहरु पनि सहभागी हुने वातावरण बनाउनुपर्छ । संशोधन पारित गर्न असहयोग गरे जनस्तरबाटै भण्डाभोर गरी एमालेलाई किनारा लगाउनुपर्छ ।’ समाचारमा थियो, ‘एमाले संविधान कार्यान्वयनविरोधी हो, संघीयताविरोधी हो, एमाले मधेस र मधेसीको विरोधी हो ।’ एमालेविरुद्ध मधेस र मधेसीविरोधी भएको नाराका साथ मधेसका गाउँगाउँमा प्रचार थाल्नुस् ।’
कार्यक्रममा कांगे्रसका सांसद महेन्द्र यादवले एमालेप्रति आक्रोश पोख्दै, ‘संशोधनको पक्षमा एमालेले मतदान नगरे मधेसबाट लखेटिन्छ ।’ भनेको समाचारमा उल्लेख छ ।

फागुन २१ गतेबाट मधेशमा यसरी शुरु हुनेछ ‘बुरा दिन’

फागुन १७ गते विहान एमाले सचिव योगेश भट्टराईले विज्ञप्ती निकाले गृहमन्त्रीलाई सन्देश दिन खोजे ।

उनले विज्ञप्ती मार्फत गृहमन्त्री निधिबाटै उत्तेजक अभिव्यक्ति आउनुलाई पार्टीले गम्भीर रुपमा लिँदै ध्यानाकर्षण भएको जनाएका थिए ।

‘राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय छ’, विज्ञप्तिमा थियो, ‘सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।’
पार्टीले अभियानलाई व्यवस्थित, अनुशासित र मर्या्दित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाटै गैरजिम्मेवार र आपत्तिजजनक अभिव्यक्ति आएको भन्दै एमालेले कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने स्पष्ट पारेको थियो । पार्टीले तराई–मधेसमा समेत निरन्तर रुपमा हासिल गरिरहेको लोकप्रियता र सफलताबाट अत्तालिएर गृहमन्त्रीले यस्तो अभिव्यक्ति दिएको एमालेको दाबी थियो ।

फाुगन १७ गते नै रातोपाटीले पछिल्लो राजनीतिक अबस्था र सरकारले घोषणा गरेको चुनावका वारेमा गृहमन्त्री निधिसँग अन्तर्वार्ता गरेको थियो । एमाले सचिवको विज्ञप्तीलाई लिएर हामीले ‘हालै एमालेले विज्ञप्ति निकालेर मेची–महाकाली यात्रा विथोल्न गृहप्रशासनले मधेसीहरुलाई उचाल्यो भन्ने आरोप लगाएको छ । तपाईले यसलाई कसरी हेर्नु भएको छ ?’ भनेर गृहमन्त्री निधिलाई प्रश्न राखेका थियौँ ।

गृहमन्त्री निधिको जवाफ थियो

–एमाले मेरो र यो समिकरणको खिलाफमा धेरै पहिलेदेखि नै लागेको हो । यो नयाँ परिघटना होइन । उहाँहरुले विज्ञप्ति निकालेर, भाषण गरेर पटक पटक बोलेकै हो । त्यति मात्र होइन चारवटा संशोधनको प्रस्तावलाई उहाँहरुले ‘राष्ट्रघाती’ हो भनेर पनि आरोप लगाएकै हो । जबकी ‘राष्ट्रघाती’ भन्ने शब्दको प्रयोग राजनीतिक प्रतिस्प्रधामा जिम्मेवार पार्टीबाट हुनु हुँदैन्थ्यो । तर उहाँहरु त शुरुदेखि नै त्यो शब्दको प्रयोग गरी रहनु भएको छ ।

हामीले त्यसमा यो ‘राष्ट्रघाती’ प्रस्ताव र काम होइन भनेर भनि रहेकाछौँ । त्यति मात्र होइन, एमालेका नेताहरुले कहाँको हावा लागेर हो कि, दानापानी खाएर हो यो प्रस्ताव ल्याइएको समेत भन्नु भएको छ । एमालेका शिर्ष नेताहरुले बोलेको कुरामा उहाँहरु आफैले आत्मसमिक्षा गर्नुपर्छ । यदि एमालेजनले उनका शिर्ष नेताहरुले बोलेको कुरा संकलित गरेर अनुसन्धान गर्नु भयो भने थाहा हुन्छ, उहाँहरुको शीर्ष नेतृत्वले दिएको अभिव्यक्तीले देशमा पहाडी र मधेसीको बीचमा झगडा लगाउने, दुरी बढाउने र मधेसमा बस्ने आफ्नै जनतालाई जनता नै होइनन् जस्तो बनाउन कस्तो भूमिका खेलेको छ । यस्तो किसिमको अभियान चाल्ने उहाँहरुको यो कदम र भाषण भनेको नेपालमा महेन्द्रवादी राष्ट्रवादको प्रचारमा लाग्ने काम हो । त्यो उहाँहरुको पुरानै काम हो ।

गृहमन्त्रीको पूर्ण अन्तर्वार्ता पढ्न, यहाँ जानुहोस्

गृहमन्त्रीको अन्तर्वार्ता रातोपाटीमा प्रकाशित भएको अर्कोदिन अर्थात फागुन १८ गते एमाले अध्यक्ष केपी ओलीले सम्पादकहरुसँग अन्तक्रिया गरेका थिए । अन्तक्रियामा ओलीले गृहमन्त्रीलाई नै चुनौति दिदै भनेका थिए–हल्का व्यवहार नदेखाउनुस् गृहमन्त्रीजी

ओलीको भनाई थियो–म गृहमन्त्रीलाई सम्झाउन चाहन्छु–गृहमन्त्री कुनै दल या भूगोलविशेषको होइन, एमाले उहाँलाई मनपर्छ या पर्दैन, बेग्लै कुरा हो, एमाले भवितव्य आइपरेर बनेको पार्टी होइन, संवैधानिक हैसियतसहित उपस्थित छ । उहाँको कर्तव्य देशमा शान्ति–सुव्यवस्था कायम गर्ने हो, भ्रम फिँजाउने होइन । कुनै अप्रिय घटना भए जवाफदेही हुनुपर्ने वक्तव्य जारी गरिसकेका छौँ । यसलाई लाइट्ली (हल्का) नलिनुस्, गृहमन्त्रीजी । हामीले धेरै गृहमन्त्री देखेका छौँ । कसैका पनि सभा, र्याली हामी बिथोल्दैनौँ, त्यसो गर्नु असंवैधानिक र उद्दण्ड व्यवहार हुन्छ, त्यसलाई एमालेले स्वीकार गर्दैन । एमालेलाई लखेट, आउन नदेऊजस्ता कुराहरू पनि आएका छन्, हतार नगरौँ, चुनावमै भेटौँला । किन दन्तबजान गर्नु ? वक्तृत्वकलामा जित्नुछैन एमालेलाई, चुनावमै भेटौँला ।

ओलीको यस्तो चेतावनीपछि गृहमन्त्रीको प्रक्रिक्रिया आएको छैन ।

र,

गृहमन्त्री निधि र एमालेका शीर्ष नेताहरुबीचको यो बादविवादले तराई–मधेशमा तनाव बढाउन सक्ने खतरा छ । एकले अर्कालाई दिएका यी चेतावनीको ‘साइड इफेक्ट’ एमालेको अभियान शुरु भएपछि मधेशमा देखिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा