गुल्मी, २० माघ । गुल्मीको मुसिकोट–६ मा रहेको हनुमानटारी फाँटमा सिँचाइ गर्न खेतका मोहीले ३५ दिन लगाएर बडिघाट नदीमा बाँध बाँधेर सिँचाइ नहर सञ्चालनमा ल्याइएको छ ।
गत साउनमा अविरल वर्षासँगै बडिघाट नदीमा आएको बाढीले करिब दुईसय मिटर सिँचाई कुलो नहर बाढीले बगाएपछि र करिब चारसय मुरी उब्जनी हुने हनुमानटारी फाँटमा नदी पसेर खेतलाई नामोनिसाना नरहने गरी पुरेपछि हनुमानटारी सिँचाइ फाँटमा धान रोप्नबाट समेत किसान बञ्चित भएका थिए ।
विगत सात महिनादेखि अवरुद्ध रहेको सिँचाइ कुलो नहर बनाउन स्थानीय खेतका मोहीले ३५ दिन लगाएर कडा मिहेनत गरी नहरको निर्माण तथा मर्मतसम्भार गरेर सिँचाइ कुलो सञ्चालनमा ल्याइएको सिँचाइ उपभोक्ता समितिका सचिव कृष्णबहादुर खत्रीले जानकारी दिए ।
साथै, उक्त खेतीयोग्य फाँटमा राज्यका तर्फबाट खासै चासो नदेखाएपछि सिँचाइ कुलोका उपभोक्ता मोही आफैँ सक्रिय भई सिँचाइ सञ्चालनमा जुटेका हुन् ।
सिँचाइ नहरमार्फत आ–आफ्ना खेतमा सिँचाइ गर्न पाउँदा उपभोक्ता निकै हर्षित भएका छन् । रासस
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव