काठमाडौँ, जेठ ५ – महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा बिहीबार कार्यालय समय सकिनेबेला महिलाको जस्तै लामो कपाल भएका एक युवा लाई उपस्थित गराईयो । मुद्दा शाखाका प्रमुख (डिएसपी) सिद्धीविक्रम शाहले सोधे, ‘तारेखमा आउने गरी छाड्न लागिएको हो, थाहा होला नी ?’ त्यसपछि कपाल पालेका युवाले प्रतिप्रश्न गरे, ‘सिडीओ कार्यालयमा हैन ?’
‘सिडीओ कार्यालयमा पनि हो, यहाँ पनि हो’ डिएसपी शाहले फेरी थपे, ‘यहाँ हरेक दिन आउनुपर्छ, लिन पठाउनु नपरोस !’
डिएसपी शाहको चेतावनीयुक्त अभिब्यक्ती सुनेपछि हाँस्दै ‘हुन्छ’ भन्ने ब्यक्ति थिए गुण्डा नाईको चक्रे मिलन !