गाडी दुर्घटनामा २०को मृत्यु, दर्जनौं घाइते

जाजरकोट, २६ फागुन । सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस आज दुर्घटनामा पर्दा २० जना यात्रुको निधन भएको छ ।Jajarkot-bus-accident (1)
भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई जिल्ला अस्पतालमा ल्याइएको छ ।

त्रिचालिस यात्रु सदरमुकामबाट गएको चलानी पुर्जीमा उल्लेख छ । बस ४०० मिभन्दा अग्लो भिरबाट खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।

 

photo

NOC1-250x300