गाडीमा यात्रा गर्दा बान्ता हुन्छ ? अपनाउनुहोस् यी उपचार विधि

गाडीमा_यात्रा_गर्दा_बान्ता_हुन्छ__अपनाउनुहोस्_यी_उपचार_विधि_1336सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ। कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन्। बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन्। तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन्।

यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट आफ्ने कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ। यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ। यो समस्या हरेक मानिमा फरक–फरक हुन्छ। कोही मानिमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ। वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो।

शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ । यदि तपाइ यस्तो समस्या भोगिरनु भएको छ भने आफैंले कहि घरेलु उपायबाट समस्याको समाधारन गर्न सकिन्छ । जेठीमधु यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ । साथै आमाशयको वायुलाई पनि कम गर्छ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ ।

ल्वाङ्ग ल्वाङ मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ । जामुन जामुनको फल र यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीच–वीचमा अलि अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रुपमा प्रयोग गर्दा फाइदा पुग्छ । काँचो आँप काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीच बीचमा पिउने गर्नुपर्छ ।

यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । सौंफ सौंफले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा वान्ता हुँदैन । अदुवा अदुवा आर्युवेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ साथै रुघा खोकी, अरुची आदिमा पनि अदुवाको प्रयोग गरिन्छ । दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिजिट भिसामा दुबई पुगेकी किशोरीलाई पाँच लाख रुपैयाँमा कुवेत पुर्‍याएर बिक्री

२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने : प्रधानमन्त्रीलाई दुइदिने अल्टिमेटम

१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय

एमाले अध्यक्ष ओलीद्धारा ‘सीएनआई कोसी एक्स्पो २०२३’ को उद्घाटन

१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो

भक्तपुरको बन्देश्वरी जंगलमा लगेर १५ अर्षीय बालिका बलात्कार गर्ने बलात्कारी पक्राउ

१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको