२९ पुस,पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिंदै छन ।
पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले आज दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन ।
अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर स्वतन्त्र सांसद दीपक मनाङेले भने विश्वासको मत नदिने बताएका छन् ।
एमालेकै १ सांसद जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गर्ने छन् । ६० सांसद रहेको गण्डकीमा सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । उनले मुख्यमन्त्रीमा सपथ लिएकै दिन ३ मन्त्रीहरुले विना विभागीय सपथ लिएका थिए ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री