गठबन्धन र उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौँ, १९ असोज । पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।Nepali-congress-Centre-office-Sanepa

शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा लोकतान्त्रिक गठबन्धन निर्माणबारे औपचारिक निर्णय गरिने कांग्रेस स्रोतले बताएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल हुने सहमति भएपछि कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धनका लागि पहल सुरु गरिसकेको छ । यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक लगातार दुई दिनसम्म बसेको थियो ।

केन्द्रीय समितिको बैठकले आसन्न निर्वाचनका लागि उम्मेदवार चयन र तयारीबारे छलफल गर्ने बताइएको छ ।

 

photo

NOC1-250x300