१७ मंसिर,काठमाडौं । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले चुनावी परिणाम अनुसार स्थिर सरकार बन्ने संभावना नरहेको र गठबन्धनको अस्थिर सरकार बनेमा महङ्गी झन बढ्ने र नेपाली श्रम बजारमा झन ठूलो असर पर्ने संभावना रहेको बताउनुभएको छ । सनिवार जिफन्ट राष्ट्रिय महिला कमिटीको आयोजनामा जिफन्ट स्कुल अनामनगरमा आयोजित लैंगिक हिंसा विरुद्ध अभियानमा,जिफन्टको आचार संहिता विषयक कार्यसालामा उपस्थित सहभागीहरुलाई संबोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो ।
“निर्वाचनमा भएको खर्च उठाउन चलखेल सुरु भएको र त्यसमा सम्पुर्ण श्रमजीवीहरुलाई सचेत रहन आग्रह गर्दै उहाँले भन्नुभयो लैङ्गिक हिंसा विरुद्ध,जिफन्टको आचार संहिता विषयक कार्यसालामा सहभागीहरुले प्रस्तुत गर्नुभएको टिपोट महासंघको आगामी तिन दिने कार्यसाला बैठकमा लैजाने र उपयुक्त निर्णय गर्ने बताउनुभएको छ । पिडितले मात्र होईन पिडकले पनि यसबारे ज्ञान पाएमा हिंसा न्यूनीकरण हुने बताउंदै अध्यक्ष श्रेष्ठले भन्नुभयो समस्या छ भने घरभित्रै गएर पनि समाधानका उपाय खोजी गर्ने अभियान चलाउनुपर्छ । त्यसका लागि एकढिक्का भएर अगाडि बढ्न र हरेक कार्यक्रमहरुमा सहभागी हुन सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।”
जिफन्ट राष्ट्रिय महिला कमिटी अध्यक्ष सीता लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्टका केन्द्रीय उपाध्यक्षहरु विदुर कार्की,जितेन्द्र श्रेष्ठ तथा महासचिव लक्ष्मण शर्माको पनि विशेष उपस्थिति रहेको थियो ।
जिफन्ट महिला कमिटीले काठमाडौं संगै प्रदेश नं.१ को बिराटनगर त्यस्तै मधेस प्रदेशको सिमारा,बागमती प्रदेशको राजधानी हेटौंडा,गण्डकी प्रदेशको पोखरा,लुम्बिनी प्रदेशको बुटवल,कर्णाली प्रदेशको सुर्खेत र सुदुर पश्चिम प्रदेशको धनगढीमा गरेर एकैदिन सातै प्रदेशमा लैंगिक हिंसा विरुद्ध अभियानमा,जिफन्टको आचार संहिता विषयक कार्यसाला सम्पन्न गरेको हो ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री