February 13, 2017

खुसीहरू: कविता

अलिकती खुसी रोज्न आएको ऊ
ती खुसीहरू
तिम्रो बजारहरूमा बिक्रीमा छन नि !
जहाँ धेरैले धेरै र्‍याल चुहाए
सपना देखे
तृष्णामा डुबे पलभरको
रंगीन कल्पनामा पौडँदै
मनमा मधुमास हुर्काउँदै
तिम्रा बजारमा ग्राहकको भीड छ रे
अनि
तिमी पनि त भीड खिच्छौ आफूतिर
अनेकन मनहरूको भीड
कल्पनामा तरंगित तुल्याउँछ्यौ
ती रतीयुक्त मनहरू
तिनै मनहरूले तन रोज्छ
बैंसका आर्तनाद चिच्याउँछन
अनि कल्पिन्छन ती मन
मदिराका प्यालाँसँगै
रात परेपछि
उता
तिमी निष्फिक्र छौ
बेफिक्र र अनभिज्ञ
तिम्रो हाँसो बिक्छ
त्यो रूपको
जवानीको
माग बजारमा
भ्रमित बजार
यो भ्रम हो
भ्रममा पर्नु पनि त भ्रमै हो
खतरायुक्त गल्ती
बत्तिको पुतलीझैँ
झुम्मिएको त्यो बजारू ग्राहक
कतिञ्जेल अनि कहिलेसम्म ?
त्यसैले
भ्रमको पर्दा उतार
त्यो जवानी जवानी मात्र हैन
तिमी हौ तिमी
तिम्रो आफ्नै ‘तिमी’
लिलामी नहोस् तिम्रो ‘तिमी’
कोही एक
फगत एक कोही
हकदार तिम्रो आफ्नै ‘तिमी’ को
तिम्रो नायकले
खुसी किन्न नपरोस्
निराशामा नडुबोस्
लडन, भिड्न त सक्छ
हिंसाविनाको माया चाहन्छ
पोखिनु ‘तिमी’
उसको मायाको काखमा
खुसी भरियोस् अञ्जुलीभरी
सँधैभरी
निःस्वार्थ खुसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योति : महागुरु फाल्गुनन्द

महागुरु फाल्गुनन्द लिङदेनको जन्म बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुर

धनुषा । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको

तिहार,नेपालीहरुको महान पर्व

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको

भोलि भाइटीकाको उत्तम साइत ११:३७ बजे

९ कार्तिक,काठमाडौं । भोली भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले

यमपञ्चक : प्रहिलो दिन काग तिहार

६ कार्तिक,काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड तिहार आजबाट औपचारिक रुपमा शुरु भएको