खाली पेटमा चिया पिउँदा शरिरलाई बेफाइदा

black-tea

एजेन्सी । तातो चिया पिउने धेरैको बानी हुन्छ । तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ ।

तर, यदी खाली पेटमा चिया पिउनु बानी छ भने आजै सजक रहनुहोस् ।

यदी चिया निकै नै उम्लेको छ भने यो झन् स्वास्थ्यको लागि नोक्शादायक हुन्छ । किनभने यसमा कफिनको मात्रा उच्च हुन्छ । यसले खाली पेटमा सीधा प्रभाव राख्छ ।
यसका कारण पेटमा जलन, उल्टी हुने समस्या, शरिर भारी हुनेजस्ता समस्या खाली पेटमा चिया खाने भएका कारण उत्पन्न हुनेहुन् । त्यसकारण केही खाइसकेपछि चिया खानु उत्तम हुन्छ ।

खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी । खाली पेटमा तातो चिया पिउनाले एसिडिटी हुनेगर्छ । यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ ।

पाचन प्रणाली कमजोर हुने सबैभन्दा ठुलो कारण भनेकै खाली पेटमा तातो चिया पिउनु हो । यो एक दुई दिन पिउनुले हुने होइन । प्रत्येक दिन खाली पेटमा तातो चिया पिउनाले यस्तो बेफाइदा हुनेगर्छ ।

खाली पेटमा चिया पिउनाले तपाईको भोकलाई प्रभावित गर्नसक्छ । यसका कारण तपाईलाई भोक लाग्न बन्द हुनसक्छ । यसो हुनाले तपाईको पोषणमा असर पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरोना खोप लगाएको ३ महिनामै अब बुस्टर डोज दिइने

काठमाडौं, २० चैत्र । अब कोभिड–१९ विरुद्धको खोपको पहिलो श्रृंखला पुरा गरेको ३ महिनापछि बुस्टर

खानपानमा ध्यान दिए मिर्गाैला स्वस्थ

काठमाडौँ, फागुन २६ गते । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष

ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर

नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

उपचारमा अब्बल न्युरोइन्टरभेन्सन

   माघ १, २०७८ शनिबार केही समयअघि पाल्पा रामपुरका गङ्गाधर पाठकको घरमा पूजा थियो ।

विद्यालय बन्ददेखि खोपकार्ड अनिवार्यसम्म

काठमाडौं,  २०७८ पुष २६ गते । कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि

स्थगित भएको फाइजर खोप अभियान दश दिनभित्र सुरु हुने

काठमाडौं, पुस १५ गते । सरकारले १० दिनभित्र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप