क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे

क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे

सर्बज्ञ वाग्ले

  • 17.9K

     timthumb (1)

 

मानिसको जीवनमा अनेक घुम्ती र मोडहरु आउँछन् जान्छन्। मेरा जीवनमा पनि कति-कति अनकन्टार घुम्ती,मोड र उकाली अोरालीहरु आए। मैले कहिल्यै जीवनलाई सुख, सुविधा, एयासी र चमक धमकको सपनामा सजाउने दु:शाहष गरिन। मेरा कल्पना र सोचहरू त्यतातिर कहिल्यै गएनन्। म जन्मँदै मेरा बाबा आमाले मुग्लानको बाटो तय गर्नु भयो। त्यसैले होला मैले पनि मेरा अनकटार जीवनमा सधैं अनिश्चितताका बाटहरु तय गर्नु परेको छ। जुन मैले कहिल्यै कल्पनै गरेको थिइन। त्यसै मध्येको एउटा बाटो मेरो जुवा घरको जागिर पनि हो।

म कंचनपुरको पुनर्वासमा हुर्के। मलाई देखे पछी चौराहामा तास खेल्दै गरेका धेरै मानिसहरुले उ ल सर्वज्ञ आयो भने पछी तासै छोडेर हिंडेथे। ५० सालतिर म धनगढीमा बि ए पढदै थिएँ। तास खेल्नेहरुलाइ देखि नसहने बानी। एकदिन गाउँका दाइ गाविस अध्यक्ष हुनु हुन्थ्यो उहाँले चौराहाको चौतारामा तास खेली रहनु भएको रहेछ। म टुप्लुक्क पुगें र टक्क अडिएँ। विलकुल अनुसाशन भन्दा वाहिरको कुरो थियो मेरो अगाडी तास खेल्नु।

चौतारोमा तास खेलिरहेका अरुले तास फाले तर उहाँले हातमा लीइरहनु भयो।अर्को दिन म धनगढी पुगेपछी ‘गाविस अध्यक्ष द्वरा तास उदघाटन’ भन्ने समाचार निकालें। त्यो पत्रीका छ्याप छ्याप्ती गाउँमा बाँडीयो।

तासप्रति यति रिस थियो मलाइ। त्यस पछी त्यहाँ कसैले पनि दसैं र तिहार बाहेक तास खेलेको मैले थाहा पाइन। तर नियती यसरी दोहोरियो कि मैले पछी गएर तास खेलाउने जागिर खानु पर्यो।

कैलाली क्याम्पसवाट मेरो बि ए को पढाई सकिना साथ मैले गाउँ छोडें। देश भित्र दन्केको युध्दको आगोको लपेटावाट मुक्ती पाउन गाउँवाट युवा पलायन भए झै म पनि जुवाघरको जागिरे हुन राजधानी पुगें।

मेरो पानसपटमा जुवा भनेपछी दसैं तिहारमा गाउँघरमा खेलिने जुवा र गाउँघरको चोक तथा चौराहमा खेलिने टवान्टिनाइन,रमी, काटपत्ती, जुटपत्ती, दहरमारा, पप्लु,कौडा आदी होलान भन्ने गहिरो छाप थियो। त्यो भन्दा अरु मैले तासका पत्ता बुझेको थिइन। जुवाघरको मेरो जागिरे जीवनले जुवा,जीवन र रक्सिको अर्के खाले रेखा चित्र कोर्यो मेरो मानसपटलमा।

नेपाल गरिब छ, सम्पूर्ण नेपाली गरिब छन, नेपाली वीर हुन, पराक्रमी तथा मेहनती पनि त्यसैले नेपाली सोखीन हुँदैनन् भन्ने मेरो मन र माश्तिष्कमा परेको छापमा कुठाराघात भयो।

त्यहाँ भित्र बस्दा लाग्थ्यो हाम्रो देश भित्र अर्के संसार छ जो एलिटको  मात्रै चित्र कोर्छ। लामा र पट्यार लाग्दा दिनहरु पछी जुवाघरको जीवनमा फर्की हेर्दा मेरो दिमागमा जाँड,जुवा र जीवन रूपी रेखाचित्रका यात्रा यस्ता कोरिन पुगे छन्।

यो घटना जनवरी ४ २००७ को घटना हो। म बिहानै हरेक दिन नुहाउने गर्थें। किनभने बिहानै नुहाए पछि निन्द्राको कुनै कसर बाँकी छ भने पनि बिहानको स्वच्छ पानीले त्यसै त्यसै धोइ दिन्छ, पखाली दिन्छ र गायात्री जप गरेर भगवान तथा पित्रीलाई सम्झे पछि त्यो दिन राम्रो सँग बित्छ भन्ने मलाई लाग्थ्यो। त्यो हाम्रो मेरो यो नित्य कर्म पनि हो।

सधैं झै बिभिन्न किसिमका जुवाडेहरु कुनै अघिल्लो दिन देखी खेली रहेका हुन्थे भने कुनै बिहानै अफिस जान भन्दा अगाडि घरबाट आफ्ना परिवारलाई बिहानै अफिसमा धेरै काम गर्नु छ भनी ढाँटेर निस्केका काम चोर कर्मचारी नै बढ़ी हुन्थे। कोही जुवाडे भने बिहानै अफिसको डिउटी समयमा आईपुग्ने गरी जुवाघरमा बिहानै खेल्न आउने गरि सँधै जुवामा धाउने खालका हुन्छन्। जुवाडे पुरानो भएपछी उसले कोही न कोही नयाँ जुवाडे जन्माउने गर्छ। फकाएर फुलाएर लोभ देखाएर जुवाघरमा ल्याई छोडछ फँसाई छोड्छ र आँफ्नो पैसा सकिए पछि नयाँ जुवाडेको पैसा र सोर्समा खेल्ने गर्छ।

२००७ जनवरी ४ तारिख वीहिवारका दिन बिहानै धुम्वाराइका २५,२६ वर्षका एकजना युवक क्यासिनोमा आएका रहेछन। उनले वेंगलोरवाट भरखरै  इन्जिनियरिङ्ग सकेर आएका पत्तो पाए। उनी संगै आउने उनका अर्का साथी नेपाल बैंकका इन्जिनियर हुन भन्दै थिए। नेपाल वैंकका ईन्जिनियरले काँधमा कालो झोला भिरेर निकै चाख गरी गरी बाक्राको टेवलमा ठूलो वेट राख्दै खेली रहेका थिए। म भने तीनैलाई नियाल्दै थिएँ।

त्यो बाक्रा एक को टेबलबाट ती झोला भिर्ने इन्जिनियरले निकै हारे पछि दुईहातले टाउको समाउँदै जुरुक्क उठे। उनी बडो टेन्सनमा थिए। बिहानैको चिसो मौसममा पनि निधारमा पसिना आए जस्तै गरि पसिना पुछे जस्तो पनि गर्दै थिए। उनले लामो शास लिए। फेरी खुइय सुस्केरा हाले। एकै छिन अगाडि दुवै हात माथी ठडाएर ले..ले….तीर…तीर…भन्दै चीच्च्याउँदै थिए। कहिले छेर भालु छेर भन्दै नाच्ने पनि गर्थे।

यो जुवाघरमा जुवाडेको छिन छिनमा उन्माद,कुण्ठा दु:ख तथा दर्दको महशुस सजिलो सँग गर्न सकिन्छ। जुवा हारे पछि मानिसहरु रिसाउँछन् रुन्छन् र त्यसै त्यसै निहुँ खोजेर झगडा पनि गर्छन्। त्यो सबै कुराहरू त्यहाँ काम गर्ने मज़दूरले सजिलै पचाउँ छन्। धेरै जसो जुवाडेहरु सामान्य मानिसहरु जस्तै गरि जुवा खेल्दा भने सम्पूर्ण इन्द्रियलाई एकत्रित गरि जुवाकै टेवलमा ध्यान दिन्छन्। जुवा जीत्नकै लागि आउने जुवाडेहरू खालमा जीत्ने टेक्निक मात्र सोची रहन्छन्।

म झण्डै १ वर्ष अगाडि क्यालिफोर्नीयाको सान्तारोजा भन्ने शहरको ग्रेटन रिसर्ट क्यासिनोमा २०-२५ दिन जति ट्रेनिंग लिएको थिएँ। त्यहाँको मेन मान्छेले आएर उनले भने ‘यहाँ प्रायजसो ७०% मानिसहरू रमाईलो गर्न क्यासिनोमा आउँछन् भने १०% मानिसहरू सीरियस भएर जुवा जीत्नका लागि खेल्छन् तर त्यसमा केहि मान्छेहरू जुवाका एडिक भईसकेका र हुन लागेका पनि आँउछन्। हामीले विशेष निगरानी गर्ने भनेको सीरियस भएर जुवा खेल्ने,जुवामा एडिक हुन लागेकाहरू र भईसकेकाहरू संग हो। किन भने हाम्रो समाजमा जुवाका एडिक जन्मने संख्या वढ्यो भने पनि भोली क्यासिनोको लागि ख़तरा हुन सक्छ।’  यसरी यहाँका क्यासिनोहरूले वेला वेला रिसर्च गरि रहने रहेछन् र सम्पूर्ण एंगलवाट रिसर्च गरेर डाटावेसहरू तयार गर्ने रहेछन्।

फेरी तिनै झोला भिर्ने ईन्जिनीयरलाइ सम्झे। त्यसपछी उनी किट्टिको टेवलमा काँधमा कालो व्याग र दुवै हातमा सय र हजारका चिप्स बोकेर दगुर्दै किट्टिको टेवलमा गए। लाग्थ्यो उनको त्यहाँ प्लेन छुट्दै छ। आज किट्टीको त्यो टेवल माइनसमा गएको थियो।

जव रुलेट, किट्टी कुनै पनि टेवल माइनसमा जान्छ त्यसवेला भने कुनै कुनै हाकिमहरूले मलाई अन्तिम अस्त्र बनाएर डील गर्न लगाउँथे। नभन्दै मलाई किट्टीको टेवलमा डिल गर्न बोलाइयो। किनभने म त्यहाँ डिलर थिएँ। नभन्दै मैले किट्टी खेलाउन थाले पछि भकाभक क्यासिनोले जित्न थाल्यो। वास्तवमा क्यासिनोले हार्दै गर्दा गर्ने भनेको पनि डिलर चेन्ज,कार्ड चेन्ज र गोटि चेन्ज मात्रै हो। धेरै जसो क्यासिनोले डिलरकै लकलाई विश्वास मान्छ र चेन्ज गर्छ। पहिला-पहिला जित्नेहरु पनि त्यहाँ हार्दै गए र ती नेपाल बैंकका इन्जिनियरले पनि हार्न थाले। पहिला माईनसमा गएको टेवल प्लस भयो।

त्यस पछि कालो झोला भिर्ने ईन्जिनियर हतार हतार उठेर रुलेटको टेवलमा पुगे। हाम्रो किट्टिको टेवल करिव १ घण्टामा बन्द भयो। मैले डिल गर्ने हो भने त्यहाँ कसैले नखेल्ने भए। त्यसपछी रुलेट एकमा गएर ती कालो ब्याग बोक्ने नेपाल बैंकका इन्जिनियर खेल्न थाले। म उनैलाई नियाल्दै रुलेटको खाली टेवलको कुर्चीमा वसेका उनीसँगै आएका ती नव आगन्तुक भरखरै बेंगलोरबाट इन्जिनियरिङ्ग गरेरका जुवा घरका नव आगन्तुकसँग कुरा गर्न थाले। उनी भन्दै थिए ‘आजकाल खाली समयमा हाम्रा टोलका ४,५ जना दाइहरु सँग म पनि क्यासिनोमा रमाइलो हेर्न पनि पाइने र पैसा नतिरिकन मजासँग खान पनि पाइने भएकाले फाल्टु समय कटाउन क्यासिनो जाने गर्छु। यसरीनै काठमाण्डूका प्रायश सबैजसो क्यासिनोमा म गएको छु। म बिदेश पढन जाने प्रोसेस पनि गर्दै छु।’ उनी कुलतमा फस्दैछन भन्ने करा मलाइ पक्का हुँदै गयो। उनि बिदेश गए गर्वसँग छाती फुलाएर मलाई भन्दै थिए । यसरीनै मै भन्ने मान्छे विस्तारै-विस्तारै कुलतमा फस्दै जान्छ ।

मेरो ध्यान तीनै कालो व्यागमा पैसा वोकेर जुवा खेल्दै गरेका नेपाल वैंकका ईन्जिनीयर तीर थियो। उनी दुवैहात टाउकोमा राखेर कुम रूलेटको टेवलमा अड्याउँदै ठींग भईरहे… जस्तो लाग्यो। उनी जडवत भए …चल्ने चटपटाउने केहि गरेनन्। उनका साथीहरू पनि विस्तारै- विस्तारै सबै जना मलिन अनुहार लगाएर उनीनिरै साक्खै भएर उभिन थाले।

सबैले एक पटक कालो व्याग भिरेका जुवाडे सगँ वोल्ने प्रयास गरेर घच्घच्याए,वोल्न खोजे तर ती जुवाडे ईन्जिनियर भने हल न चल भएर आँखा भरी आँसुले भरिएको आँखा र भारी मन लिई टोलाई मात्र रहे। त्यती ठूलो क्यासिनोको म्युजिक गीत चमक धमक सजि सजाउ हलमा ती ५ प्राणी भने स्तव्ध लास कुरेर वसेका मलामी झैं थकित प्यासी दिक्दारीले टोलाई रहेका थिए।

सेतो पाटीबाट साभार गरिएको

 

photo

NOC1-250x300