कोलकाता बन्दरगाहमा पानीजहाजलाई क्वारेन्टाइन

कोरोनो भाइरस (कोभिड–१९)को संक्रमण फैलिएका देशबाट आउने कार्गो बोकेका पानीजहाजलाई कोलकाता बन्दरगाहले क्वारेन्टाइनमा राखेर मात्रै भित्रिन दिने भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  ओमप्रकाश खनालले लेखेका छन् ।

कोलकाता पोर्ट ट्रस्टले कोरोना संक्रमणको उच्च जोखिम भएका देशबाट आउने पानीजहाजलाई १४ दिन क्वारेन्टाइनमा राखेर अनलोडको अनुमति दिइने बिहीवार सूचना निकालेर बताएको हो । 

समुद्री मार्गमै १४ दिन बिताइसकेका पानीजहाज र चालक दललाई भने क्वारेन्टाइनमा राखिने छैन । यस्ता पानीजहाजले कोरोना संक्रमणको लक्षण देखिने १४ दिनको समय समुद्रमै बिताइसक्ने भएकाले क्वारेन्टाइन आवश्यक नपर्ने कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले बताए । 

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको निर्देशनमा बन्दरगाहले यस्तो कदम चालेको हो । ‘कारोना भाइरसको संक्रमण पैmलन नदिन समुद्रमै क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको हो । तर, समुद्री मार्गमै १४ दिन बिताएर आएका पानीजहाजका लागि यो आवश्यक छैन,’ अध्यक्ष विनीत कुमारले आर्थिक अभियानसित भने । 

विश्व स्वास्थ्य संगठनको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी)अनुसार कोरोना प्रभावित देशबाट आएका पानीजहाजका चालक दल र मालसामानलाई क्वारेन्टाइनमा राखिने सूचना पठाएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए । 

कोलकातासम्म आइपुगेका यस्ता पानीजहाजलाई समुद्रमै १४ दिनसम्म राखेर चालक दललाई कोराना संक्रमणको लक्षण नदेखिएमात्रै जहाजबाट ओर्लिन दिइने भएको छ ।

 

photo

NOC1-250x300