कोरोनाले थप एकजनाको मृत्यु

असार २०, काठमाडौं : कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखा पालुङ्टार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । 

उनी मधुमेहका रोगी रहेको र आइसोलेसनमा उपचार गराइरहेको अवस्थामा आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा हिजो साँझ कोरोना पुष्टि भएको थियो । कोरोनाका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ । 

 

 

photo

NOC1-250x300