कोरोनाले इटलीमा २४ घण्टामा ७०३ को मृत्यु

चैत २२,काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण इटलीमा पछिल्लो २४ घण्टामा ७०३ जनाको मृत्यु भएको  छ ।

शुक्रबार बिहान ७ बजेसम्म इटलीमा कोरोनाका कारण १३ हजार ९१५ जनाको मृत्यु भएको थियो भने शनिवार सोहीसमयमा उक्त संख्या बढेर १४ हजार ६१८ पुगेको छ ।  

यो संख्या अ‍ेमेरिकाको तुलनामा निकै कम हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय ३० को मृत्यु भएको छ । इटलीमा ८५ हजार ३८८ कोरोना संक्रमितको उपचार भइरहेको छ । चार हजारको अवस्था गम्भीर रहेको छ भने १९ हजार ७५८ कोरोना संक्रमित उपचार पछि स्वस्थ्य भएर घर फर्किसकेका छन् ।  

 

photo

NOC1-250x300