दक्षिण कोरियाले यसपटक सबैभन्दा बढी कामदार लैजाने भएको छ । ईपिएस शाखाका अनुसार यो बर्ष १० हजार २ सय परीक्षार्थी उत्तिर्ण गराई अर्कोबर्षदेखि कोरिया लैजान सुरु गरिनेछ ।
उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपालीलाई कोरियाले अर्कोबर्ष कामदारका रुपमा लैजानेछ यसपटक कोरियन भाषा परीक्षाका लागि अनलाइनबाटै फर्म भर्न सकिने व्यवस्था मिलाईएको छ भने चैत ९ गते देखि १८ गतेसम्म आवेदन दिन सकिनेछ । यस्तै, २०७४ सालको जेठ २७ र २८ गते भाषा परीक्षा हुनेछ ।
यसरी भरौं अनलाईन फर्मः
भाषा परीक्षामा सहभागि हुनका लागि ईपिएस शाखाको वेवसाईट eoers.epsnepal.gov.np मा जानुपर्नेछ । तर अनलाइन आवेदन दिनुभन्दा पहिले नै ग्लोबल आईएमई बैंकका तोकिएका शाखाहरुमा परीक्षा दस्तुर २४ डलर तिर्नुपर्नेछ ।
फर्म भर्नका लागि बैंकमा जम्मा गरेको रकमको भौचर नम्बर आवश्यक पर्छ । यो वेवसाईटमा गईसकेपछि खुल्ने पेजमा आफ्नो भौचर नम्बर र पासपोर्ट नम्बर थिचेर नेक्स्ट बटनमा क्लिक गरी आवश्यक सबै विवरणहरु गल्ती नहुनेगरी भर्नुपर्नेछ । सबै विवरण भरिसकेपछि पासपोर्ट स्क्यान गरी जेपिजि फाईलमा सेभ गरेर अट्चाय गरी विवरण सबमिट् गर्नुपर्नेछ ।पासपोर्ट साईजको फोटो पनि अट्याच गर्नुपर्नेछ । यति गरिसकेपछि आगामी जेठमा हुने भाषा परीक्षामा सहभागि हुन पाईनेछ ।