कैले हुन्छ संविधान संशोधनको छिनोफानो ?

deuwa-prachanda_UM4hc3dIbn

असार २६ , काठमाडौं – सत्तारुढ काग्रेस–माओवादी केन्द्रले विचाराधिन संविधान संसोधन प्रस्ताव संसदमा यसै साता निणयार्थ प्रस्तुत गर्ने तयारी गरेका छन् ।

संविधान संशोधनमा सहमत दलस“ग एकचरण छलफल गरी असारको अन्तिम साता नै संसदमा प्रस्ताव निणयार्थ प्रस्तुत गर्न काग्रेस–माओवादी सहमत भएका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई तीन दिन भित्रै संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न सहमत देखिनु भएको छलफलमा सहभागी काग्रेस नेता वालकृष्ण खाँणले जानकारी दिनुभयो। 

‘संविधान संशोधन प्रस्तावलाई अव संसदमा कसरी निर्णयार्थ प्रस्तुत गर्ने भन्ने विषयमा केन्द्रीत रहेर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष वीच छलफल भयो,’ काग्रेस नेता खाँणले अन्नपूर्ण सँग भन्नुभयो, ‘पहिला संशोधनमा सहमत दलसँग पूनः एकचरण छलफल गर्ने र तत्कालै संसदमा प्रस्ताव निर्णयार्थ प्रस्ुतत गर्ने तयारीमा सत्तारुढ दल छ ।’

 

photo

NOC1-250x300