कैलालीमा बस पल्टिँदा एकको मृत्यु, १७ घाइते

bus-accident-pokhara-192936815

२४ जेठ, काठमाडौं । कैलालीको लम्की टीकापुर सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका ९ पथरैया अमौरामा बस दृर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने १७ जना घाईते भएका छन्।

टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ५३० नम्बरको बस अर्को गाडीलाई उछिन्न खोज्दा पल्टिएको प्रहरीले जनाएको छ । दृर्घटनामा परि टीकापुर १ का अन्दाजि ४० वर्षीय जोधिप्रसाद चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते ४ जनालाई नेपालगञ्ज मेडिकल कलेज कोहोल्पुर रेफर गरिएको छ भने १३ घाईतेको टीकापुर अस्पतालमै उपचार भैरहेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

 

 

photo

NOC1-250x300