के हो एकीकृत जनक्रान्ति?

पृथीछक बुढा मगर,pritichhak-budha

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ८औं महाधिवेशन भर्खरै सकिएको छ । काठमाडौंको खुल्ला मंचवाट शुरु भएर ५२ साल देखि शुरु भएको दस बर्षसम्म चलेको माओवादी आन्दोलनको केन्द्र रहेको थवाङमा महाधिवेशनको समापन गर्‍यो । यहि महाधिवेशनले पार्टीको नाम नेकपा माओवादीवाट नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्यो । यस भन्दा नेकपाको पुछारमा झुण्डिएको माओवादी नाम हटाएको छ । यस नाम परिवर्तनलाई लिएर आजभोलि बजारमा निकै हल्ला चल्ने गरेको छ, विशेषतस् दस बर्ष आन्दोलनमा होमिएको माओवादी नाममा कुनै न कुनै रुपले जोडिएकोहरुवाट । कतिपयले त सामाजिक संजालहरुमा आज देखि नेत्र विक्रम नेतृत्वको नेकपा परित्याग गरेको घोषणा समेत गरे । माओवादी आन्दोलनसङ्ग गहिरो संबन्ध हुनुको नाताले पक्कै पनि दिलमा चोट लाग्न सक्छ । यो मानविय स्वभाव पनि हो । तर नेपाल कम्युनिस्ट पार्टीले यसको बिषयमा जनतालाई कारण देखाईदिनु पर्छ । अहिलेको आबस्यक्ता यहि हो । पार्टीको नाम परिवर्तन किन भयो र ? यसको बिषयमा बहस गर्नुभन्दा पहिले एकीकृत क्रान्ती के हो रु माओवाद के हो र ? भनेर बुझ्न आबस्यक छ ।

एकीकृत क्रान्ती आम बिद्रोहहरुको मेरुदण्ड हो ।

नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको आन्दोलन एकीकृत क्रान्ती भनेको छोटकरीमा आफैमा द्वन्द्ववाद हो । यो नेपालको सन्दर्भमा जातिय उत्पीडन विरुद्ध जनताको बिद्रोह हो । यो बर्गिय उत्पिडन विरुद्धको जनताको बिद्रोह हो । यो लिङ्गीय असमानता विरुद्धको जनताको बिद्रोह हो । यो हिमाल, पहाड र तराईलाई जोडने जनवादी मान्छेहरुको बिद्रोह हो । यहि छुट्टाछुट्टै बिद्रोहको संयोजन नै एकीकृत क्रान्तिको सार हो । नेपालमा अहिले यी आन्दोलनहरु छुट्टाछुट्टै रुपमा चलिरहेको देखिन्छ । जसले देशलाई बिखण्डन तर्फ धकेल्दै जाने छ । यसलाई मुल प्रबाहमा ल्याउन एकीकृत क्रान्तिले अहम भुमिका खेल्नु पर्छ । कार्ल माक्र्सले भनेका थिए कि, समाजका बिधमान अन्तरबिरोधहरुको समाधान केवल वर्गसंघर्षले मात्रै समाधान गर्न सक्दछ । नेपालको सन्दर्भमा एकीकृत क्रान्ती नै वर्गसंघर्षको नयाँ मोडेल हो भन्ने बिप्लवको ठम्याई छ ।

दर्शनमा एकीकृत क्रान्ती

माथी पनि भनिसकिएको छ कि एकीकृत क्रान्ती नै नेपालको सन्दर्भमा द्वन्द्ववादको सार हो । इतिहासलाई ऐतिहासिक भौतिकवादले नाप्ने गरिन्छ भने द्वन्द्वात्मक भौतिकवादले त्यसको निष्कर्ष निकाल्ने गरिन्छ । आज नेपाली क्रान्तिले एउटा ईतिहास पार गरिसकेको छ । यसको मुल्यांकन हुनुपर्छ ।

द्वन्द्वात्मक भौतिकवादले के सिकाएर गएको छ भने ञकुनै समयको लागि तयार भएको परिस्थिती पछि एउटा अध्याय आएपछि काम लाग्दैन । कुन अध्यायको लागि कुन परिस्थिती सहि छ भनेर चिन्न सक्नु नै द्वन्द्वात्मक भौतिकवादलाई ठिक ढंगले पक्रन सक्नु हो ।झ यदि परिस्थितिको सहि मुल्यांकन गर्न सकिएन भने द्वन्दवादलाई प्रयोग गर्न सकिँदैन । कुन चिज, कुन समयका लागि, कति मात्रामा त्यसको प्रयोग हुनुपर्छ रु द्वन्द्ववादले त्यसको लेखाजोखा गर्दछ ।

माओले भनेका थिए, भुमिगत क्रियाकलापलाई प्राथमिकतामा राख तर खुलमखुल्ला राजनितिलाई पनि ध्यानमा राख । एकीकृत क्रान्तिको सर्वभौम यहि हो । एकीकृत क्रान्ति भित्र आबस्यक्ता पर्‍यो भने त्यो भित्र पेरिस कम्युनको जस्तो मज्दुर बिद्रोह पनि हुन सक्दछ, त्यो भित्र लेनिन कालिन समाजवादी क्रान्ती जस्तो पनि हुन सक्दछ र माओको गाउँवाट शहर घेर्ने दीर्घकालीन जनयुद्धको जस्तो मोडेल पनि हुन सक्दछ । आबस्यक्ता पर्‍यो भने यी सवै मोडेलहरुको जरुर प्रयोग गरिने छ । जुन परिस्थिती उपर भर पर्दछ ।

५२ सालमा नेकपा माओवादीले तत्कालिन चिनियाँ जनयुद्धको मोडेल अनुसार गाउँवाट शहर घेर्ने ग्रामीण वर्गसंघर्षको मोडेल अप्नायो । आज हुबहु त्यो रणनीतिले फिट नखान सक्दछ । यसको अर्थ माओवाद गलत भयो भनिएको चाहिँ होइन । माओवाद त बिश्वब्यापी भईसकेको छ । इतिहासमा स्थापित भईसकेको छ । संघर्षको वाटो बनिबनाउ हुँदैन । निस्चित रुपमा बर्ग शत्रुले यसरी आक्रमण गर्ला र मैले यसरी रक्षात्मक हुँदै प्रत्याक्रमण गरौंला भनेर जुन सोचिएको हुन्छ त्यो हुँदैन । अशल यहि हुनेछ कि, दुश्मन जुन तरिकाले आए पनि ठिक समयमा ठिक जवाफ दिनको लागि सम्पुर्ण ढोकाहरु खुल्ला राखिनुपर्छ भनेर नै एकीकृत क्रान्तिको मोडेल अघि सारिएको छ भनेर बुझ्न सकिन्छ । यो इतिहासको मूल्याकंन गरेर निष्कर्षको रुपमा अघि सारिएको र यसको चरित्र पनि द्वन्द्वात्मक रहेको हुनाले यसले माक्र्सवादको ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादको सहि रुपमा प्रयोग गरेको देखिन्छ । त्यसैले यो बैज्ञानिक पनि छ ।

यो यस किसिमले पनि बैज्ञानिक छ कि, मानौँ कुनै अशल डाक्टरले कुनै विरामी माथी उपचार गर्नको लागि उसले पहिले रोग पत्ता लगाउनु पर्छ । अनि कुन रोगको लागि कुन पद्धतिले उपचार गर्दा विरामी ठिक हुन्छ भनेर विचार गर्नु पर्दछ । त्यसको लागि डाक्टरले पहिला विरामीको ईतिहास जान्न चाहन्छ । डाक्टरले विरामीको त्यही ईतिहास खोतल्नुलाई माक्र्सवादी दर्शनमा ऐतिहासिक भौतिकवाद भनिन्छ भने विरामीको ईतिहास र वर्तमानवाट जुन निष्कर्ष निस्किन्छ त्यसैको आधारमा ठिक तरिकाले उपचार गरिने पद्धतिलाई द्वन्द्वात्मक भौतिकवादको अशल उदाहरण मान्न सकिन्छ । ठिक त्यस्तै हाम्रो देश पनि विमार छ । यसको उपचार गर्न जरुरी ठानियो । र ५२ सालमा माओले अङ्गिकार गरेको ग्रामीण वर्गसंघर्षको मोडेल अप्नायो र आजको दिनसम्म आए । तर आज समय फेरिएको छ । हिजोको एउटा मोडेलले यहाँसम्म माओवादीहरु आए । अब यसमा केही नौलो तरिकाको पनि समन्वय गरिनुपर्छ भनेर इतिहासले बोध गराएको हुनुपर्छ, त्यसैले विचमा स्थगित गरिएको यात्रालाई फेरि उचाईमा पुर्याउन आजसम्म विश्व कम्युनिस्ट आन्दोलनमा प्रयोग भएका सवै पद्धतिहरुलाई खुल्ला राख्दै ठिक परिस्थितिको लागि ठिक जवाफ दिन एकीकृत क्रान्तिको नौलो अभ्यास शुरु गरिएको हो भनेर बुझ्न सकिन्छ । यसमा पुर्णतः द्वन्द्ववाद प्रयोग गरिएको छ ।

माओवाद र एकीकृत जनक्रान्ती ।

बिप्लव नेतृत्वको माओवादी पार्टीको नाम ८औं महाधिवेशन पछि नेपाल कम्युनिस्ट पार्टी बन्यो । त्यसमा बिबिध कारणहरु रहेको बताउन सकिन्छ । रसियन क्रान्तिमा क्रान्तिका आधार त्यहाँका मज्दुर बर्ग थिए । त्यस्तै चिनियाँ क्रान्तिमा क्रान्तिका आधार त्यहाँका किसान वर्ग थियो । तर नेपालको सन्दर्भमा भने केही बिबिधता छ ।

निष्कर्ष के हो भने नेपालमा अर्धउपनिवेश, अर्ध विकसित र दलाल पूंजीवाद ब्याप्त छ । यो स्थितिमा न लेनिन कालिन मज्दुर आन्दोलनले फिट खान्छ न माओ कालिन किसान बिद्रोह वा ग्रामीण वर्गसंघर्षले फिट खान्छ । त्यसैले क्रान्ती अघि बढाउने क्रममा जहाँ जे समस्या आउँछ त्यसलाई एकीकृत तरिकाले संचालन गर्नु नै नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको क्रान्तिको रोडम्याप हो ।

माओवादीको कुरा गर्नुभन्दा पहिले माओवाद के हो भनेर बुझ्नु आबस्यक छ । चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन अध्यक्ष माओले जापानी साम्राज्यवादवाट प्रताडित चिनियाँ जनता, र गरिबी, अभावमा पिल्सिरहेको चिनलाई नयाँ रुपमा ढाल्नको लागि गाउँवाट शहर घेर्ने ग्रामीण वर्गसंघर्षको घोषणा गरे । शक्ति बन्दुकको नालवाट जन्मिन्छ भन्ने विचार राख्ने माओले अन्ततः सशस्त्र जनयुद्धको माध्यमवाट राज्यसत्ता कब्जा गरेका थिए । इतिहासमा तेस्रो पटक माओको नेतृत्वमा किसान मज्दुर वर्गले राज्यसत्ता कब्जा गरेका थिए ।

इतिहासमा पहिलो पटक पेरिसका मज्दुरहरुले सत्ता कब्जा गरिसकेपछि दोस्रो पटक कम्युनिष्टहरुले लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न गरे । लेनिनले आफ्नो देशको अनुकुलतामा आफ्नै शैली अप्नाए । पेरिस कम्युनको क्रान्तीको नक्कल गरेन । लेनिनले क्रान्ती सफल बनाएपछि बिश्वका धेरै देशमा समाजवादी बिचारधाराहरुको जन्म दियो र लेनिनवादको नाममा लेनिनकै कार्यशैली अप्नाएर क्रान्ती शुरु गरे । तर सफल भएको देखिएन । त्यसपछि जापानी साम्राज्यवादले खोक्रो बनाएको चिनमा माओले क्रान्ती गरे । जब माओले क्रान्ती शुरु गर्दा उसको अगाडी क्रान्तिका दुईवटा मोडेलहरु थिए । एक पेरिस कम्युनको मोडेल । दुई, लेनिनको मज्दुर आन्दोलन । तर माओले पनि न लेनिनको मज्दुर आन्दोलनको नक्कल गरे न पेरिस कम्युनको । आफ्नै देशको मौलिकतामा क्रान्ती शुरु गरे, गाउँवाट शहर घेर्ने ग्रामीण वर्गसंघर्षको मोडेल । अन्ततः माओले पनि सत्ता कब्जा गरेर बिस्व कम्युनिस्ट आन्दोलनको इतिहासमा तेस्रोपटक किसान मज्दुरहरुले सत्ता प्राप्त गरेको ईतिहास रचे ।

माओको यो मोडेल धेरै देशका लागि प्रेरणाको स्रोत बन्यो । त्यसपछि पृथ्वीमा माक्र्सवाद, लेनिनवाद पछि एउटा नौलो वाद थपियो माओवाद । त्यसपछि फेरि बिश्वका धेरै देशहरुमा कम्युनिष्टहरु माओवादको नारा लिएर गाउँवाट शहर कब्जा गर्ने दीर्घकालीन जनयुद्धमा होमिए । तर माओ पछि कुनै देशमा कम्युनिस्टहरुले चौथो पटक राज्यसत्ता कब्जा गरेको रेकर्ड स्थापित भईसकेको छैन । किन हुन सकेन रु कहाँ छ कमजोरी रु यहि आजको समीक्षा हुनुपर्छ ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इतिहासका तीन मोडेलहरुलाई प्रयोग गर्न सकिने परिस्थिती खुल्ला राखेर एउटा बहस बाहिर ल्याएको छ । यस क्रान्ती भित्र पेरिस कम्युनको मोडेल पनि समाबेश छ, लेनिनको मज्दुर आन्दोलनको मोडेल पनि समाबेश छ । माओको ग्रामीण वर्गसंघर्षको मोडेल पनि समेटिएको छ ।

पछि ८औं महाधिवेशनमा नेकपाको पछिल्लो नाम माओवादी हटाएको छ । यसको अर्थ नेपाल कम्युनिस्ट पार्टीले माओवाद छोड्यो भन्ने आरोप पनि लाग्न सक्छ । होइन, माओवाद त एकीकृत क्रान्ती भित्रै छ । हिजो एउटा कालखण्डमा त्यो सहि थियो । नयाँ युगले नयाँ कुराको अपेक्षा गर्छ । नेपाली कम्युनिस्टहरुवाट हिजो एउटा मोडेललाई हुवहु उतार्ने कोसिस गरियो । माओले खनिदिएको वाटोमा हिड्न कोसिस गरे । आफैले दोब लाउन सकेन । आज आफैले आफ्नै मौलिकतामा दोव लाउन खोजिएको छ । माओको ग्रामीण वर्गसंघर्षमा के मात्रै थप्न खोजिएको छ भने माओले गाउँलाई मात्रै आधार माने तर अब गाउँ र शहर दुबैलाई आधार मानेर एकीकृत रुपमा अघि बढने योजना ल्याएको छ । यस अर्थमा नेपाल कम्युनिस्ट पार्टीले माओवादलाई छोडेको भन्ने कुरा भ्रम हो । यो त मालेमावादको बिकाशको क्रमभंग हो र एकीकृत क्रान्ती भित्र पनि माओवाद छ भनेर बुझ्दा उपयुुक्त हुनेछ । यदि पेरिस कम्युन, रसिया क्रान्ती र चिनियाँ क्रान्ति बाहेक अरु कुनै नयाँ शैली अप्नाउनु हुदैन भनेर कसैले जिकिर गर्छ भने त्यो यथास्थिति बिचारको सिकार भएको मान्दा हुन्छ । किनभने द्वन्द्वात्मक भौतिकवादले गतिको अपेक्षा गर्दछ । जब कि समय गतिवान छ । ब्रह्माण्ड गतिशिल छ । बिज्ञानको यो सत्यलाई स्विकार गर्नुको विकल्प छैन । न कि आफैलाई समयको उल्टो गतिमा बहकाउनु छ ।

 

 

photo

NOC1-250x300