तपाईलाई बारम्बार थकान लाग्छ ? जतिखेर पनि थाक्नुका विभिन्न कारण हुन सक्छन् । तीमध्ये केही निम्न छन् :
शरीरमा पर्याप्त पानी अभाव : पानी जीवनका लागि नभई नहुने तत्व हो । शरीर सुख्खा भयो भने जतिखेर पनि थकित महसुस गरिन्छ । सुुख्खा हुँदा शरीरमा रगतको मात्रा कम हुने र अक्सिजन र अन्य अत्यावश्यक पोषण तत्व प्रवाह हुने गतिमा पनि सुस्तता आउछ ।
आइरनको कमी : आइरनको कमीले थकित मात्र होइन दिक्क बनाउँछ । शरीरमा न्यून आइरनको अर्थ मांसपेशी र कोषमा न्यून अक्सिजनको प्रवाह हो । आइरनको कमीले रक्तअल्पता पनि हुन्छ । अन्डा, हरियो सागसब्जी, बदाम लगायतका खानेकुरा खाएर शरीरमा आइरनको मात्रा सन्तुलित राख्नुहोस् ।
ब्रेकफास्ट नगर्नु : मेटाबोलिजमलाई सशक्त बनाउन पनि ब्रेकफास्टको उत्तिकै महत्व हुन्छ । ब्रेकफास्ट नखाँदा पनि दिउँसोभर थाक्ने सम्भावना बढी हुन्छ । कार्बोहाइड्रेड, प्रोटिन र फयाटमिश्रित पूर्णब्रेकफास्ट लिएर शरीरलाई फूर्तिलो बनाउनुहोस् ।
व्यायाम अभाव : तपाईंले नियमित व्यायाय गर्नुभएको छ भने बिहान उठ्दा पनि फूर्तिलो हुनुहुन्छ । व्यायामले खुशी बनाउने हर्मोन निष्कासन गर्छ, यसबाट शरीर उर्जाशिल भइराख्छ र दिनभर खुशी बनाउँछ ।
तपाईले धेरै काम गरिरहेको हुनुपर्छ : तपाईले निरन्तर काम गर्दागर्दै काम गर्ने कार्यालयको भ¥याङ चढ्न गा¥हो त भएको छैन ? काममा अत्यधिक समय दिँदा स्वास्थ्यका महत्वपूर्ण पक्ष ओझेलमा त परेका छैनन ? निश्चय नै कामको लोडले तपाईलाई तनाव उत्पन्न हुन्छ । विज्ञहरुका अनुसार तनाव स्वास्थ्यलाई जोखिममा पार्ने एउटा मन्द विष हो ।
सुत्नु अगाडि पिउने बानी : दिनभरको थकान मार्न बेलुका खाना खाएपछि मदिरा पिउँदा केही क्षण आनन्दा आउला तर यसले तपाईको सुत्ने तािलकामा असर गरेको हुन्छ । मदिराको ह्याङ भोलिपल्ट अबेलासम्म रहिरहने हुनाले तपाईलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउछ ।
फोन, इमेलको कूलत : तपाईं जतिखेर पनि अशान्त हुने, फोन मात्र चलाउने र मोइबाइलका मेसज हेरेर महत्वपूर्ण समय फाल्नु त भएको छैन? धेरै समय फोन, ट्याब्लेट, र ल्यापटपमा बस्दा पनि मानसिक रुपमा थकान हुन्छ ।
कफीको मात्रा बढी : कफीले निन्द्रालाई रोकिदिन्छ र एकै रातमा पनि आफ्ना महत्वपूर्ण काम फत्ते गर्न सक्नुहुन्छ । तर नियमित कफीको लत छ भने यसले सुत्ने तालिकामा नराम्रो प्रभाव पार्छ ।
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी
स्थानीय सरकारको अस्पतालहरु जति पनि
२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा