लण्डन जेठ २८ : बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तनमा सशस्त्र द्वन्द्वको महत्वपूर्ण योगदान रहेको बताएका छन्।
यूरोप भ्रमणको क्रममा स्वीटजरल्याण्डबाट सोमबार बेलायत आएका प्रधानमन्त्री ओलीले अक्फोर्ड विश्वविद्यालयको विद्यार्थी युनियनले आयोजना गरेको ‘शान्ति, लोकतन्त्र र विकास’ विषयमा साँझ सम्बोधन गरेका हुन्।
‘राजनीतिक परिवर्तनमा सशस्त्र द्वन्द्वको योगदानको हामीले प्रशंसा गर्नुपर्छ’, करिब १ सय ५० विदेशी र नेपाली सहभागीबीच प्रधानमन्त्री ओलीले भने, ‘नेपालीको सुख, शान्ति र समृद्धिका लागि कल्याणकारी राज्यव्यवस्था र सामाजिक सुरक्षाको प्रत्याभूती गर्न सरकार अग्रसर छ।’
कार्यक्रमको अन्तमा प्रधानमन्त्री ओलीलाई एमाले र माओवादी पार्टी एकताअघि पुष्पकमल दाहाल प्रचण्ड र उनीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमती गरिएकोबारे सोधिएको थियो। त्यसमा ओलीले ‘एकीकृत पार्टी बनिसकेको अवस्थामा सबै कुरा पार्टीको निर्णय अनुसार हुने’ बताए।
अक्सफोर्ड विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष जेनभाइभा एथिसले कार्यक्रम सुरु गर्नुअघि प्रधानमन्त्री ओलीले विश्वविद्यालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए।
पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न
सुर्खेत, ३१ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र
काठमाडौँ, २८ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट पक्षको बैठक आज
काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
पिपुल नेपाल, संवाददाता,काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश