केपी ओली: चुनाव टार्ने षडयन्त्र अनुरुप सर्वाेच्च अदालतमा मुद्दा दायर

१ कात्तिक, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव टार्ने षडयन्त्र अनुरुप मतपत्रको प्राविधिक विषयलाई लिएर सर्वाेच्च अदालतमा मुद्दा दायर गरिएको टिप्पणी गरेका छन ।

सरकारको नेतृत्व गरी चुनाव टार्न दुलो खोज्दै हिंड्ने र मुलुकमा अस्थिरता कायमै राख्न खोज्ने पक्षले चुनाव टार्ने प्रयास गरेको ओलीको टिप्पणी थियो ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा प्रवासी नेपाली मञ्चका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै ओलीले चुनाव टार्न जतिसुकै प्रयास गरे पनि नेपालको अस्थिरताका मतियारहरुसँग कुनै न कुनै दिन चुनावमा जम्काभेट हुने ठोकुवा गरे।

०५२ सालमा एमालेलाई सरकारबाट हटाउन यसैगरी अदालत प्रयोग गर्दा मुलुक अप्ठेरो अबस्थामा पुगेको भन्दै उनले चुनावबाट भाग्न खोज्ने शक्तिसँग चुनावमा मुकाविला हुने बताए ।

ओलीले विदेशमा बसेर श्रम गर्ने नेपालीलाई देशमा फर्केर उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

 

photo

NOC1-250x300