कुलमान घिसिङ : ‘मलाई अख्तियार लगाएर हटाउने कुरा निराधार हो’

१३ भदौ, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पारेका छन् ।

kulman-ghisingरासससंग कुरा गर्दै उनले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

ऊर्जा मन्त्री शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको भन्दै कार्यकारी निर्देशक घिसिङले विद्यमान ऊर्जा संकट समाधान गरी उज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तीव्र्रता दिने कार्य निरन्तर जारी रहेको बताए ।

प्राधिकरणको वित्तीय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुनःसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउनेलगायतका काम ऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको उनले स्पष्ट पारे ।

कार्यकारी निर्देशक घिसिङले भने, “ऊर्जा मन्त्री, ऊर्जा सचिवलगायत ऊर्जा मन्त्रालय तथा प्राधिकरणको सम्पूर्ण समूह एकढिक्का भएर ऊर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेको व्यहोरासमेत जानकारी गराउँछु ।”

दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबै पक्षकोे सहयोगका लागि उनले अनुरोधसमेत गरे । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको