२१ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि १ करोड साढे ४० लाख मतदाताको नाम स्वीकृत गरेको छ ।
आयोगको आइतबारको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीलाई अन्तिमरूप दिने निर्णय गरेको छ । जसअनुसार स्थानीय तह निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार ४८२ छन् ।
कुलमतदानतामा पुरुष ७० लाख ६९ हजार ७१४ महिला ६९ लाख ८४ हजार ६२५ छन् भने तेश्रो लिङ्गी मतदाताको संख्या १४३ रहेको छ । २०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ ।
आयोगको तथ्यांक अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छ । त्यहाँ ५ लाख ६३ हजार ८७० मतदाता छ भने काठमाडौंमा ५ लाख ५९ हजार ४०० मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ९५ छ ।
मधेसी मोर्चासहितका दलहरुले पुनः मतदाता नामावली संकलनको माग गरेपछि आयोगले अस्वीकार गरेको छ । मतदाताको नामावली कुनै पनि ठाउँमा ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले जनाएको छ ।
मतदााता नामावली स्वीकृत भएसँगै छपाइ शुरू भएको छ । मतदाता परिचयपत्र पनि आयोग परिसरमै छपाइ हुने भएको छ ।
मतदान केन्द्र पुनःनिर्धारणको कार्य सम्पन्न भएपछि स्वीकृत मतदाता नामावली केही दिनभित्रै सार्वजनिक गरिने आयोगले जनाएको छ ।
आयोगको कार्यतालिका अनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी २०७४ बैशाख १० गतेभित्र जिल्ला जिल्लामा ढुवानी गरिसक्नु पर्नेछ ।
कुन जिल्लामा कति मतदाता छन् ?
पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न
पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको
साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह
सुर्खेत, ३१ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र
पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध
पिपुल नेपाल संवाददाता,२९ साउन,काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्