१२ असार, श्रीनगर (भारत प्रशासित काश्मिर) । भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
केबुलकार चलिरहेको अवस्थामा रुखमा ठोक्किएपछि घिर्नी लठ्ठाबाट खुस्किएको र करिब ३० मिटर तल भूइमा खसेको प्रहरी अधिकारी इम्तियाज हुसैनले बताए । कारभित्र रहेका पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएको हुसैनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनामा नयाँ दिल्लीबाट भ्रमणमा आएका एक जोडी र उनीहरुका दुई बच्चा परेको थाहा भएको हुसैनले बताए ।
केबुलकारमा सवार यात्रुहरु पिरपान्जल हिमालयन शृङ्खलातर्फ जाँदै गर्दा भएको बताइएको छ । गुलमार्ग स्कीका लागि उच्च भूभागमा रहेको प्रसिद्ध भारतीय गन्तव्यस्थल हो । रासस
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको