‘कार्टुन्ज क्रु’ को ‘आई लभ यू’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

 श्रावण १८

काठमाडौं । ‘जता जता पिरतीको बाटो…’ बोलको गीत नेपालको युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको छ । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको ‘जता जता पिरतीको बाटो…’ को भिडियो अपलोड गरिएको केही घण्टामै युट्युब ट्रेन्डिङमा पहिलो नम्बरमा आएको हो ।

यो समाचार तयार पार्दासम्म भिडियो करिब २ लाख पटक हेरिएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतलाई ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेल भएको बताइएको छ ।

सरोज ओलीको स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द तथा र बसन्त सापकोटाको संगीत छ । भिडियो छायांकन संजय लामाले गरेका हुन् । कार्टुन्ज क्रु का मेम्बरहरुको कमेडी पाटोलाई देखाइएको भिडियोमा नायक पल शाहलाई पनि फिचरिङ गरिएको छ ।

 

photo

NOC1-250x300