कांग्रेस महाधिवेशन : पोखरामा सुरेन्द्र बिजुक्छे विजयी

पोखरा, असोज १०: नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा निवर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा उनले अन्य ५ प्रतिस्पर्धीलाई हराएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुली थिए । कुल खसेको मत १३ सय ४४ मतमध्ये सभापतिमा निर्वाचित विजक्छेले ४१४ मत पाए भने प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे ।

सभापति पदका अन्य उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योती हमालले ११ मत प्राप्त गरे । 

सभापति विजुक्छे पोखरा उद्योग वाणिज्य संघका महासचिव समेत हुन।  उनी २०३६ सालबाट नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा होमिएका थिए । 

यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन् । 

यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ मत र गणेशबहादुर थापा ७८४ मतका साथ विजयी भएका छन् भने सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैबीच, मादी गाउँपालिकामा यामप्रकाश गुरुङ सभापति निर्वाचित भएका छन् । देवीजंग गुरुङलाई १ मतले हराउँदै यामप्रकाश निर्वाचित भएका हुन् । देवीले ९२ मत पाउँदा यामप्रकाशले ९३ मत पाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका समितिको सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । मधुसूदन अधिकारीलाई १५ मतले हराउँदै वीरेन्द्र सभापति निर्वाचित भएका हुन् । उनले ९१ मत पाउँदा मधुसूदनले ७६ मत पाए ।

अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारी सभापतिमा सर्वसम्मत चुनिएका छन् । उनको नेतृत्वमा समितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् । उपसभापतिमा गौमाया नेपाली र सुशील भट्टचन निर्वाचित भए ।

अन्नपूर्णमा झैं रुपा गाउँपालिकामा पनि सर्वसम्मत सभापति चयन गरिएको छ । बिमलबाबु न्यौपानेको नेतृत्वमा गाउँपालिका समिति निर्विरोध चयन भएको हो ।

 

photo

NOC1-250x300