काँग्रेस बुढो रुख हो:केपी ओली

KP-Oli-2-1_NbayBWLx2Y

एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई बूढो रुखसँग तुलना गरेका छन् । शुक्रबार राजधानीमा डीआइजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउँदै कांग्रेसले मुलुकलाई गति दिन नसक्ने ठोकुवा समेत ओलीले गरेका छन् ।

अध्यक्ष ओलीले काँग्रेसको औचित्य सकिएको र बुढो रुखमा युरिया हाल्नुको कुनै अर्थ नहुने बताएका हुन् ।त्यस्तै एमालेका लागि बहुमत ल्याउने नभई मुलुकको समृद्धिका लागि वाम गठबन्धन गरिएको बताएका छन् ।‘कांग्रेसलाई ठूलो चिन्ता परेको छ, एमालेलाई बहुमत ल्याउन वाम गठबन्धन गरिएको होइन, सबैको बुद्धि विवेक मिसाएर मुलुकलाई समुन्नत बनाउन खोजिएको हो,’ ओलीले भने ।

 

photo

NOC1-250x300