काठमाडौं, ३ चैत । स्वास्थ्य मन्त्री गगन थापालाई सरकारबाट फिर्ता बोलाउने निश्चित भएपछि नेपाली कांग्रेसका नेतादेखि कार्यकर्तासम्म आक्रोशित भएका छन् ।
खासगरी युवा नेता तथा कार्यकर्ताले गगनलाई मन्त्रीबाट हटाए कांग्रेस पार्टी छाड्ने चेतावनी दिएका छन् । यतिमात्रै होइन् उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई जहाँ भेट्यो त्यही कुट्ने धम्कीसम्म दिएका छन् ।
सामाजिक सञ्जालमा पनि गगनको पक्षमा प्रतिक्रियाहरु आइरहेका छन् । र, हटाउने तयारीको तीव्र आलोचना भइरहेको छ । केहीले त गगनलाई रबीन्द्र मिश्रको साझा पार्टीमा लाग्न सुझाव दिएका छन् ।
अब स्वास्थ्य मन्त्रालय फोरम लोकतान्त्रिकले सम्हाल्ने
विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले काँग्रेसका तर्फबाट स्वास्थ्य मन्त्रालय र माओवादीका तर्फबाट अन्य एक मन्त्रालय खाली गरी सुम्पिने समझदारी गरेका छन् ।
यो समझदारी प्रचण्ड, देउवा र गच्छदारबीच भइसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । मधेसी मोर्चाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको अवस्थामा सरकारमा फोरम लोकतान्त्रिकलाई पनि सहभागी गराउन प्रचण्ड र देउवा सक्रिय छन् ।
प्रधानमन्त्री निकट स्रोतले भन्यो– ‘फोरमलाई सरकारमा ल्याउन स्वास्थ्यसहित दुई मन्त्रालय दिने समझदारी भएको छ । गच्छदारले भौतिक योजना मन्त्रालय मागेपनि काँग्रेस सभापति देउवाले भौतिक योजनामा दाबी छाडेर स्वास्थ्य मन्त्रालय लिन भनेपछि अब स्वास्थ्य मन्त्रालयको नेतृत्व फोरमले गर्ने निश्चित भएको हो ।’ यससँगै अहिले स्वास्थ्य मन्त्रालयको कमाण्ड सम्हालिरहेका गगनको पद धरापमा परेको हो ।
यता फोरम लोकतान्त्रिकका नेता डा। सुबोध पोखरेलले पनि उपप्रधानसहित दुईवटा मन्त्रालय लिएर यसै साता सरकारमा जाने विषयमा टुंगो लागेको जानकारी दिएका छन् ।
गगनको पद धरापमा परेपछि कार्यकर्ता आक्रोशित, कसले के भने रु
गगनको पद धरापमा परेपछि सामाजिक सञ्जालमा असन्तुष्टिहरु व्यक्त भएका छन् । राम्रो काम गर्नेलाई नहटाउन आग्रह गर्दै प्रचण्ड र देउवाको आलोचना भइरहेको छ ।
छवि शर्मा लेख्छन्– यदि गगन थापालाई मन्त्रीबाट हटाएमा नेपाली कांग्रेसको साधारण सदस्यता समेत त्याग्ने तथा शेरबहादुर देउवालाई जहाँ भेट्छु त्यही कुट्छु ।
रमेश केसी लेख्छन्– अब रवीन्द्र मिश्रको पार्टीमा । मन्त्री ज्यू तपाईंजस्ता असल नेताको यहाँ जत्ति नै राम्रो काम गरेपनि कदर हुंदैन यो देश जोगाउनै पर्छ मन्त्री ज्यू
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को
श्रावण २० गते शुक्रबार देखि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत
काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा