काँग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउन राजपा तयार

काडमाडौ, १८ असोज।

राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन सकिने बताएको छ । वामपन्थी दलहरुले गठबन्धन बनाएपछि काँग्रेसले पनि छुट्टै गठबन्धन बनाउने निष्कर्षमा पुगेपछि राजपाले यस्तो निर्णय गरेको हाे ।

काँग्रेसले वामपन्थी बाहेकको छुट्टै गठबन्धन बनाउने तयारी गरेपछि राजपाले काँग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनाउन तयार भएको हाे । अहिले केहीबेरमा काँग्रेस र राजपाका शीर्ष नेताहरुबीच यस सम्बन्धमा वार्ता हुने राजपा नेता राजेन्द्र महतोले बताएका छन् । ‘वामपन्थीले गठबन्धन बताएपछि हामीले पनि छुट्टै गठबन्धन बनाउनु पर्ने बाध्यात्मक परिस्थिति बन्यो,’ नेता महतोले भने ।

 

photo

NOC1-250x300