May 14, 2017

काँग्रसे एमालेबीच झडप, आठ गोली चल्यो

३१ वैशाख , रिकोट – दोलखामा काँग्रेस र एमालेका कार्यकर्तावीच भडप हुँदा ११ जना घाइते भएका छन । झडपमा काँग्रेसका नौ जना र एमालेका दुई जना घाइते भएका हुन् । काँग्रेस र एमालेका कार्यकर्ताको भडपलाई सामान्य बनाउन प्रहरीले आठ राउण्ड गोली चलाएको छ ।

 बैतेश्वर गाउँपालिकाको वडा नम्बर २ मा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट आठ जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चरिकोटस्थित जिल्ला अस्पताल पुरयाइएको छ । तामाकोशी गाउँपालिका वडा नम्बर २ मा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता अच्युत कार्की गम्भीर घाइते भएका छन् । काँग्रेसका कार्यकर्ताको कुटपिटबाट दुई जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

तामाकोशी गाउँपालिका वडा नम्बर ५ स्थित सहरेमा प्रहरीले गोली चलाउँदा महिला लिला खडका घाइते भएकी छन । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार तनावलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो । सहरेमा मतदान स्थगित भएको छ । मतदानलाई पुन सञ्चालनमा ल्याउन मतदान अधिकृत र राजनीतिक दलहरुवीच छलफल भइरहेको छ । दोलखाका अन्य ठाउँमा भने शान्तिपूर्ण मतदान भइरहेको छ ।

एमाले र माओवादीकाबीच झडप भएको जुगुमा पनि शान्तिपूर्ण निर्वाचन भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ