कविता: म पनि तिमी जस्तै मान्छे | – | मिरा प्रसाई

कुचि चलाउ भन्छु
रङगहरुको सम्योजनलेMIra-Prasai
जीवन सजाउ भन्छु
रात मस्तिस्कमा लिखित
कल्पना र कोसिसहरु
प्रात : सबै खेर जान्छन
कोरा जिबनका पन्नामा
सुन्दर कथा लेखौ भन्छु
मस्तिस्क डेग चल्दैन
केही शुभ गर्न खोज्दा
सबै कोसिस नाकाम बन्छन ।

अस्त्ब्यस्त जीवन
आहलादित मनसङग
प्रत्येक दिन मान्छेहरुको भिडमा
यो शहरका चिल्ला सडकहरुमा
कताकता हराउछु म
मेरा सोच बिचारहरु
अनायास बिलाएर जान्छन
एउटा जिउदो मान्छे म
तर !
आधाआधि मरेको
चिसो चिसो जस्तो ।
एउटा जिउदो मान्छे म।
मलाइ देख्दा डराउछन मान्छेहरु
झुत्राझाम्राले लाज ढाकेको
मैलो जट्टे कपाल
भोको पेटले रन्थनिएको म
कामको खोजिमा धेरै भौतारिन्छु
कहिले पागल भनदै कुटेर खेद्छन
कहिले चोर भन्दै ढोका थुनछन ।
ए !
सुकिला शुशिलाहरु हो !
थरथर कापे पनि
भोकले छटपटिए पनि
स्विकार्छु बरु मृत्यु
कसम,
चोरेको छैन
आफ्नो इमान बिर्सेको छैन
ए !
मलाइ फोहोरी देख्ने आखाहरु हो !
तिमिसङग गुनासो छैन केहि
थाहा छ,
तिम्रो बौदिक क्षमता यति हो ।
म पनि तिमी जस्तै छु
बुझ्नेले बुझ्छ
नबुझ्नेले बुझ्दैन
गरिब हुनु मेरो दोष हैन
पागल त म कदापी हैन !

फरक यति हो
तिमी धनी छौ
सुखी छौ
मेरो र तिम्रो रगत उस्तै छ रातो
मेरो र तिम्रो
शारीरिक बनोट पनि उस्तै छ ।
तर म,
हाडछालाले बने पनि
रगत रातै भए पनि
केही भिन्न छु तिमी भन्दा
जिवनमा अनुत्तीर्ण भएको
भाग्यले ठगिएको
कर्मले लुटेको
दोबाटोमा अल्मलिएको
कताकता हराएको
एउटा मान्छे म
तिमी जस्तै एउटा मान्छे
तिमी जस्तै एउटा मान्छे ।

 

photo

NOC1-250x300