कविता- छाप्रो को बास छ। – | प्रतिमा पाण्डे

चिसो थियो,बिहानपखमा हावा चलेको थियोPRATIMA-PANDEY
छानामा,चौरमा चिनी छरेझै तुषारो जमेको थियो
जाडो खुब थियो सबै पानी मा ऐना जमिरहेको थियो
काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ

टोपी सिर्फ नाम मात्र शिरमा जम्मै टुपि निस्कने
कपडा जिर्ण धुजाधुजा छ सबै टालिएका
छानाहरुबाट खसेझै शीतहरु खसेका छन
काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ

आँखिभौ छ तुषारोको पतन ले सेतो भएको
गोडाका औंलाहरु,नङहरु सबै निला भएका
कुर्कुचा छ छिया छिया ओठबाट रगत झरेका
काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ

ठन्डा ,उग्र हिमाल को बरफझै छ बाहिरी अंग
आगो बल्दछ मुटुभित्र तर निम्दैन सल्कन्छ झन झन
निस्कन्छ्न मुखबाट बाफ कुइरोझै दात कट्कटाउदै
काम्यो लुगलुग त्यो बिचरा छाप्रो को बास छ

 

photo

NOC1-250x300