people Nepal » कर फछ्र्यौटका पदाधिकारीलाई पक्राउ पुर्जी : कारण यस्तो छ कर फछ्र्यौटका पदाधिकारीलाई पक्राउ पुर्जी : कारण यस्तो छ – people Nepal

कर फछ्र्यौटका पदाधिकारीलाई पक्राउ पुर्जी : कारण यस्तो छ

 

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुईै पदाधिकारीलाई पक्राउ गर्न पुर्जी जारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

२०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण हमतले उक्त आयोग गठन गरेका थिए ।

अख्तियारले तत्कालिन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो ।

आयोगले २१ अर्ब कर मिनाहा दिएको बारे बुझ्न पटक पटक ताकेता गर्दा पनि उनीहरु उपस्थित नभएपछि प्रहरीलाईै पत्र लेखेको आयोग स्रोतले जानकारी दिएको छ