मोरङ, १६ चैत । मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह छन् ।
उनलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि बिराट नर्सिङ होम बिराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ, ३ भदौ । आज २०७९ साल भदौ ३ गते शुक्रबारको राशिफल । मेष : आम्दानी
By Peoplenepal काठमाडौँ, ३ भदौ । श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री
भाद्र २, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषका योगदानकर्ता
काठमाडौँ, १ भदौ । सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट
पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको