कम्युनिष्ट गठबन्धनले बुहमत कुनै हालतमा ल्याउन सक्दैन : विमलेन्द्र निधि

२३ कात्तिक, काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमाले–नेकपा माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनले बुहमत कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरेका छन् ।

bimalendra-nidhi-365x250धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेता निधीले बिहीबार धनुषाको जनकपुरमा आयोजित साक्षात्कारमा एमाले र माओवादीले भनेजस्तो दुई तिहाईको कुरा यी सबै प्रचारवाजी मात्रै भएको बताए ।

उनले अहिलेको चुनावलाई सामन्य चुनावको रुपमा मात्रै नहेर्न आम मतदाताहरुसँग आग्रह गरे । उनले आफ्नो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कायम राख्ने र यसको लागि कांग्रेसले अगुवाई गरिरहेको समेत जिकिर गरे ।

नेता निधीले अहिलेको संविधानलाई खारेज गरेर एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याउने चाहाना राखेका भन्दै कुन व्यवस्थालाई बलियो बनाउने भन्ने जनताको हातमा रहेको उल्लेख गरे ।

त्यस्तै निधीले जनकपुर–ढल्केवर ६ लेनको बाटो, हवाई सेवा विस्तारदेखि लिएर अन्य कामहरु समेत गरेको उल्लेख गर्दै आफूले गरेका सबै कामहरु जनतालाई राम्रोसँग थाहा भएकोले आफूलाई भोट हाल्ने बिश्वास व्यक्त गरे ।

 

photo

NOC1-250x300