कमल थापा : ठुला दलले मुलुकलाई भ्रष्टाचारमा चुर्लुम्ब डुवाए

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तीन ठूला दलको आडमा मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । 

 

अध्यक्ष थापाले ठूला दल र सरकारका मन्त्रीहरुले मिलेर खाने गरेकाले भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने अवस्था नरहेको पनि दावी गरे । विहिबारबाट काठमाडौंमा सुरु भएको स्थानीय तहका पार्टीका अध्यक्षहरुको माध्यामाञ्चल स्तरीय क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारका कारण मुलुक असफल राष्ट्र बन्न लाग्दा समेत तीन ठूला दल गम्भिर नबनेको भन्दै आक्रोश व्यक्त गरे । 
अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायमै गरेर छाडने दावी गर्दै जनमतकै बलमा हिन्दु राष्ट्र कायम गर्न पार्टीले शान्तिपूर्ण आन्दोलन गरिरहेको पनि बताए । 
अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायम गराउने अभियान कठिन भएपनि असम्भव भने नरहेको पनि उल्लेख गरे ।

 

photo

NOC1-250x300