कमल थापालाई विजयवासबाट आयो ‘डिजास्टर’ को चेतावनी

kamal-pashupati_hLl4R1Rogbअसार ३०, काठमाडौं– पुर्व पञ्चहरुको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवादले चरम रुप लिएको छ । नेताहरुबीच बढेको विबादका कारण सो पार्टी कुनैपनि बेला विभाजन हुनसक्ने भन्दै नेताहरुले नै चेतावनी दिन थालेका छन् । 
यसैवीच राप्रपाका अध्यक्ष कमल थापाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै बरिष्ठ नेता पशुपति शंसेर राणाले थापालाई पार्टी डिजास्टरको मोडमा पुगेको बताएका छन् ।
राणाले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय तहका कुनैपनि नेताहरुसँग कुनै छलफल नै नगरी ४२ जना केन्द्रीय सदस्यको मनोनय गरेको भन्दै आपत्ति जनाएका हुन् । 
नेता राणाले साउन ४ गते केन्द्रीय समिति बैठक बोलाएको अवस्थामा पार्टीको मुल्य मान्यता र सिद्धान्तविपरित त्यसअगावै पार्टीलाई एकल विर्ता बनाउने गरी केन्द्रीय समिति विस्तार गरेको जनाएका छन् । पार्टी एकीकरणपछि राणाले पहिलो पटक यस्तो कडा विज्ञप्ति निकालेका हुन । 
यस्तो विज्ञप्तिको पुर्ण पाठः 


 

 

photo

NOC1-250x300