कपिलवस्तुमा काँग्रेस विजयी

२१ असार , कपिलवस्तु – कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । 

प्रमुखमा किरण सिंह नौ हजार २४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदास गुप्ताले पाँच हजार ६३१ मत प्राप्त गर्नुभयो । 

उपप्रमुखमा काँग्रेसकी लक्ष्मीदेवी कसौधन आठ हजार ८६५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार वासुदेवप्रसाद गुप्ताले चार हजार ७१७ मत प्राप्त गर्नुभयो ।

 

photo

NOC1-250x300