कथा : विवाहित पुरुषलाई गलफ्रेन्डको खाँचो ।

बोर लाग्दा गलफे्रन्डसँग फिल्म हेर्न गयो, बाइक राइडिङ गयो, आइसक्रिम खायो । आहा कति मजा हुन्छ नि उनलाई जेजे भने पनि भयो काली, साले, कुत्ता, भाते, आदि ।naked

ब्वाइफ्रेन्ड बनाउने रहर शीर्षकमा लेख छापिएको दिन एकजना अपरिचित पुरुषले फेसबुकमा म्यासेस गरे । उनीसँग साथी भएको १ महिना जति भएको थियो । त्यो बीचमा बोलचाल भने भएको थिएन । १० जना म्युचल फे्रन्ड भएकाले रिक्वेस्ट एसेप्ट गरेकी थिएँ ।
सायद त्यो लेख पढेर नै म्यासेस गरेको हुनुपर्छ । फेसबुकमा साथी भए पनि चिनजान नभएकाले म उनलाई अन्जान शब्दले सम्बोधन गर्छु ।
उनको पहिलो म्यासेस थियो मलाई चाहिँ गलफ्रेन्ड बनाउन मन छ । हाहा गरेर टारे अनि उनको प्रोफाइल खोलरे हेरेँ, पहिलो दिन नयाँ कक्षामा पुग्दा सबै पुस्तक पल्टाएर हेरेजस्तै । उमेरमा ३५ नाघेको हुनुपर्छ । फोटोहरु हेर्दा त्यस्तै लाग्यो । कम्तीमा पनि २ सन्तानका बाबु हुनुपर्छ । धन्न धन्नै मेरो आफ्नै बाबाको उमेरका ।
प्रोफाइल हेरिरहँदा म्यासेन्जरमा म्याजेसको ओइरो लागि सकेको थियो । हन्नामा भुट्टा भुट्दै छोडेको मकै फुल उठेजस्तै गरी । म्यारिड हो नि म त, तर एउटा गलफ्रेन्ड चाहिएको छ । उनी म्यारिज भन्ने कुरा प्रोफइलमा रहेको फोटो अनि ब्युपटिफुल कपल भन्दै गरेको कमेन्टबाट नै छर्लङ्ग हुन्थ्यो । इमान्दारिताको खोक्रो मादल बजाएको आवाज गुन्जिदै थियो ।
यति राम्री श्रिमती छोडेर गलफ्रेन्ड किन नि ? सीधा प्रश्न गरकी थिएँ । श्रीमती छ तर त्यति कुरा मिल्दैन । रमाइलो नै हुँदैन । हाहा भनेर उडाउन खोज्दा गम्भीर भएजस्तै गरी, हो के साच्ची मनको कुराको खोलेको भन्दै थिए ती अन्जानले ।
केही महिनाअघि एक विवाहित पुरुषसँग कुराकानी गर्दै जाँदा उनलाई पनि बिहे गरेकी श्रीमतीभन्दा गलफ्रेन्डको खाँचो थियो । उनको विचारमा आफ्नो मनको बह पोख्ने एक साधनको खाँचो थियो । आफ्नी श्रीमती पुरानो सोच अनि मूल्य मान्यताकी भएकाले आधुनिक युगकी छोटो कपडा लगाउने केटीको खाँचो थियो । यति मात्र कहाँ हो र, पढेलेखेकी हरेक कुरा बुझ्ने चाहिएको थियो । केटी खोज्ने लमीजस्तै गरी एक विवाहित पुरुषले सजिलै गलफ्रेन्ड खोज्देऊ न भनेका थिए । बिहे गर्ने गलफ्रेन्ड होइन केही समय मोजमस्ती गरेर आफ्नै बाटो लाग्ने गलफ्रेन्ड ।
मभन्दा उमेर अनि सोचमा परिपक्व मानिससँग केही आदर्शका कुरा जोड्न थाले । अब एउटी रोजीसकेपछि उसैसँग खुशी खोज्ने प्रयास गर्नुस् । ट्राई टु स्याटिफाई विद हर । हो क्यार तर आई एम नट स्याटिफाई विद हर भन्दै थिए । जोड्दै थिए आफ्ना सोचहरु अनि पल्टाउँदै थिए ।
जीवनको भावी किताबका पानाहरु । म त एउटा गलफ्रेन्ड खोज्छु नै उनको ढिपी थियो । हरेक दुःख, सुख र खुशी साट्न सक्ने । यतिका वर्ष सन्तान जन्मिएर हुर्किंदा दुःख, सुख र खुशी साट्ने श्रीमतीको रहर पुगेर उनलाई कुनै जवान केटीको खाँचो परेको छ । जवानीसँग खेल्ने मोह रहेको छ । एउटी केटीसँग खुशी प्राप्त गर्ने नसक्नेले अर्कोसँग सुखी हुन सक्छु भन्ने भ्रम पो हो कि ? ती अन्जानलाई लेखको पात्र बनाइसकेको थियो यो मनले । म सुख दिन्छु तर बिहे चाहिँ गर्दिन । मलाई पनि खुशी बनाउनुपर्छ, उसले अर्थात् खोजिरहेकी गलफे्रन्डले । एउटासँग माया गर्ने आफ्नो जवानी रित्याउने अनि अर्कोसँग बिहे गर्ने केटी कस्ता होलान् ? प्रश्नले घोच्दै थिए ।
अन्जानको उत्तर गजबकै थियो । जसलाई रमाइलो गर्ने मन लाग्छ त्यसले गर्ने हो, सबैले देख्ने वा थाहा पाउने गरी लभ गर्ने होइन नि । किन अरुको अगाडि साधु सन्त कहलिन मन छ ? सीधा प्रश्न थियो मेरो अनि उत्तर आउने क्रम जारी थियो । त्यस्तो भन्न खोज्या होइन । आजकल केटा होस् या केटी बिहे भएकाहरु सबैको गलफे्रन्ड या ब्वाइफ्रेन्ड हुन्छ ।
लौ म कुन दुनियाँमा बाचिरहेकी छु । आफैँले आफैँलाई प्रश्नको बिँड ठोकेँ, कोदालीको बिँड ठोकेजस्तै गरी । यो समाज परिवर्तन भएको हो कि लोग्ने मानिसको सोच अथवा ती अन्जानको मात्र सोच हो । होइन, केही महिना पहिले पनि एका दुई विवहित पुरुषको गलफ्रेन्ड बनाउने सोच सुनेकै हुँ ।
त्यसो भए हजुरकी श्रीमतीको पनि ब्वाइफ्रेन्ड छ होला ? मैले सोधे । उत्तर खोज्न टाढै पुगेछन् क्यारा एकछिनमा रिप्लाई आयो । उनी ब्यस्त हुन्छिन् । जागिर छ । घरमा २ वटा नानीहरु छन् । घरको काम र अफिसको कामले फुर्सद हँुदैन् । कति विश्वास आफ्नी श्रीमतीप्रति त्यही विश्वास उनकी श्रीमतीले पनि गरेकी छिन् होला ।
जमाना परिवर्तन भएको हो भनेर सोध्दा निर्धक्कका साथ हो नि भन्दै सेक्रेट हुन्छ के, अनि बिहे नभाका युवतीलाई झन् सजिलो हुन्छ । कस्तो सोच, बिहे नभएका युवतीहरुको आफ्नो पढाइ हुँदैन, करिअर हुँदैन । उनीहरुको त्यही एउटा ड्युउटी हुँदँैन । श्रीमानका लागि खाना बनाउने, कपडा धुने, भाँडा माझ्ने, छोराछोरीको हेरचाह गर्ने आदि इत्यादि । उनी थप्दै थिए । नुन नलागेको तरकारीमा थपेजस्तैगरी । पहिले जोसँग लभ पर्यो, त्यहीसँग बिहे हुन्थ्यो नि । तर आजकल लभ गरेकैसँग सबैको बिहे हुँदैन ।
के लभ खेलौना हो ? मन परुन्जेल राख्ने अनि मन नपरेपछि फाल्ने । त्यसो भए लभ गर्दै छोड्दै हिँड्ने । मायाको के अर्थ भो र ? प्रश्नको वाणी मनभरी थिए । केहीले वाण हाने अनि केही मनभित्र नै दबाएँ । आजकल त केटाकेटीहरु मस्तसँग लभ गर्छन्, पछि कुरो मिलेन भने अर्कोसँग बिहे गर्छन् । म भर्खर अर्को ग्रहबाट झरेकी बालिकाजस्तै गरी अन्जान मलाई प्रेमको फूलबारीमा घुमाउँदै थिए । म पनि केही थाहा नपाएजस्तो गरी चुपचाप घुम्दै थिए ।
अनि हजुरकी श्रीमती ? प्रश्न यथावत नै थिए । श्रीमतीलाई कसले भन्छ र ? लुकेर प्रम गर्ने नि । अब ऊ बिजी हुन्छे, मलाई समय दिन भ्याउदिन । मलाई घुम्न या फिल्म हेर्ने जान मन लाग्यो भने समय नै दिन सक्दिन । भटभटाउँदै थिए ती अन्जान । बोर लाग्दा गलफे्रन्डसँग फिल्म हेर्न गयो, बाइक राइडिङ गयो, आइसक्रिम खायो । आहा कति मजा हुन्छ नि उनलाई जेजे भने पनि भयो काली, साले, कुत्ता, भाते, आदि ।
त्यस्तो मान्छेले बिजी नहुने, घरमै बसेर श्रीमन्को हेरचाह गर्ने केटी बिहे गर्नुपर्छ नि ? सोध्दै जाँदा आउँदै थियो जबाफ । पहिले थाहा भएन, अहिले आएर रहर लाग्यो के । अब बुढीलाई केही भन्यो कि गाली गर्छेे । २ सन्तानका बाबु बनिसकेपछि पछुतो लागेको छ उनलाई । श्रीमतीको जवानी सकिएर गाला चाउरी पर्न लाग्दा गलफ्रेन्डको खाँचो परेको छ ती अन्जानलाई ।
लाइट गयो, वाइफाई पनि गयो । अनि मेरो म्यासेन्जर चल्न छोड्यो । केही समयअघि पनि अफिसमा एक विवाहित पुरुषले गिद्दे नजर लगाउँदै थिए । अनि भन्दै थिए, तिमी किन सधैँ पुरै बाउला भएको कपडा लगाउँछ्यौ । स्लिम भएकाले केटाहरुले त टन्नै जिस्क्याउँछन् होला आदि ।                                                                                                                                           म
काम गर्ने आएकी हुँ, फेसन सो गर्ने होइन भनेर जवाफ फर्काएपछि मुखमा बुझो लागेको थियो । उमेरमा ५० काटेको त्यो बूढो मस्तिष्कलाई मेरो लवाइसँग के मतलब । मेरो ठाउँमा युवक भएको भए के उनले त्यही प्रश्न गर्थे होलान् ? उमेरमा बाउ भन्न सुहाउनेहरुले बाटोमा हिँड्दा जिस्क्याउन खोज्ने एउटा कारण सायद गलफ्रेन्ड बनाउने सोच नै होला । कतै केटीले आँखा झिम्काई पो हाल्छे कि बुढेसकालको तलतल मेटाई पो हाल्छे कि भन्ने मानसिकता होला ।
सबै नारी एकै हुदैनन् र पुरुष पनि । हुन त नारीहरु आफै नै प्यासी पुरुषहरुको तृष्ण मेटाउँदै हिँडछन् । यसरी एउटा विवाहित पुरुषले केही क्षणको रमझमका लागि गलफ्रेन्ड बनाउनु उचित होला कि नहोला ? हुर्किंदै गरेका बालबच्चा अनि परिवारको खुशीका लागि सङ्घर्षरत नारीको जीवनमा कस्तो प्रभाव पार्ला ? नारी र पुरुष मिलेर नै एउटा परिवार सम्पन्न र सुखी हुन्छ भन्ने कथन सुन्दै हुर्केकी म अनि बदलिँदो समाज । अविवाहित म अनि विावाहित पुरुषहरुको सोच मैले विश्लेण गर्ने सक्दिन तर मेरो मनमा लागेको प्रश्न किन बिहे गरिन्छ ? समाजको रीतिरिवाज धान्न या आफ्नो शारीरिक आवश्यकता पूरा गर्न ? विवाहपछि घर धन्दामा व्यस्त नारीको जीवन अनि मोजमस्ती खोज्दै हिँड्ने उपज या प्रवृत्ति पो हो कि गलफ्रेन्ड ?
यसरी आफ्नै श्रीमतीप्रति असन्तुष्ट भएर गलफ्रेन्डको खोजी गर्नु र केटीहरु पनि प्यासी पुरुषको साहारा बन्नुले के समाजमा सकरात्मक असर पार्ला ? श्रीमती र श्रीमानबीच सन्तुष्ट हुन नसक्दा उनीहरुको सम्बन्ध कस्तो होला ? बिहेपूर्व नै आफ्नो इच्छा, आकांक्षा र रहरहरु साट्न सक्ने दुःख अनि सुखमा हास्न सक्ने श्रीमती खोज्नु उचित हो ।

 

photo

NOC1-250x300