कतै ससुरा–बुहारी, कतै दाजु–भाइ भिड्दै

जेठ २५, गुल्मी – गुल्मीमा एउटै पदमा एउटै घरका ससुरा – बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेपछि चुनावी रौनकता फरक खालको बनेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

इस्मा गाउँपालिकाको वडा नम्बर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उम्मेदवार बनाएको छ भने, कांग्रेसले उनकी बुहारी हुमकला सार्कीलाई वडा सदस्यमै उम्मेदवार बनाएको छ ।

अर्कातर्फ गुल्मीकै मुसीकोट नगारपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा कांग्रेसबाट यमबहादुर खत्री उममेदवार रहेका छन् भने, एमालेबा उनका भाइ ओमबहादुर खत्री वडामा अध्यक्षका उम्मदेवार बनेका छन् ।

 

photo

NOC1-250x300