कतारमा नेपालीलाई समस्या छैन’: श्रम मन्त्री

Farmulla-mansur-768x460

२ असार, काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् । श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी रहेको उनले बताए ।‘त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन’, उनले भने । नेपाल सरकारको सम्पूर्ण ध्यान अहिले कतारमै रहेकोसमेत उनले बताए ।मन्त्री मन्सुरका अनुसार अहिले कतारस्थित नेपाली दूतावास, त्यहाँ कार्यरत श्रमसहचारीलगायत निकायबाट हरेक अवस्थाको अपडेट लिने काम भइरहेको छ । मन्त्रालयमातहतका निकाय र नेपाल सरकारका अन्य सरोकारवाला निकायलाई कतारमा कामदारबारे आउन सक्ने सम्भावित समस्याबारे तयारी अवस्थामा रहन आग्रह गरेको उनले जानकारी दिए ।

नेपालबाट कतारका लागि श्रम स्वीकृति लिने युवाको क्रम अहिले पनि जारी छ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीका अनुसार पछिल्लो समय श्रम स्वीकृति लिने युवाको संख्या सामान्य घटे पनि यसको ठोस कारण भने अहिल्यै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाबा मेनपावर बाट दुबई गएका दर्जनौं युवाहरू ४ महिनादेखि अलपत्र,नेपाल झिकाइदिन आग्रह

१२असोज,काठमाडौं । नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न

रोमानिया बस्ने नेपालीहरुलाई खुशीको खबर अब केहि मिनेटमै नेपाल पैसा आईपुग्ने

३असोज,काठमाडौं। अब युरोपेली मुलुक रोमानियाबाट नेपाल पैसा पठाउंदा केही मिनेटमै पैसा आइपुग्ने भएको छ।पैसा पठाउंदा

समाजसेवी दुर्गा प्रसाईं द्धारा दुबईमा अलपत्र ५ नेपाली र १ अलपत्र शवको उद्धार गर्दै

३१भदौ,काठमाडौं। युवा नेता,समाजसेवी एवं व्यवसायी दुर्गा प्रसाईंले द्रव्य पिचासहरूको पासोमा परी रोजगारीको आसमा भिजिट भिसाहुँदै

साउदीको रियादमा तीन महिनादेखि ३५ नेपाली भोकभोकै

२८ भदौ,काठमाडौं। वैदेशिक रोजगारिको लागि साउदी अरबको रियाद पुगेका ३५ जना नेपालिहरु बिगत तीन महिनादेखी

दुबईमा १७ जना युवाहरू ६ महिनादेखी अलपत्र,स्वदेश झिकाईदिन आग्रह

२५ भदौ,काठमाडौं । सिनामंगलमा रहेको Leading Foreign Recruitment Pvt.ltd ले ३ हजार  दिराम पारिश्रमिक दिने

ट्राभल एजेन्सी,दलाल र मेनपावर सम्मको ठगी बेहोर्दै, रोजगारीको लागि बिदेशिन चाहने युवा

देशमा श्रम र रोजगारीको अभावको कारणले पछिल्लो केही बर्सयता दिनहुँजसो हजारौं नेपाली युवाहरू विदेश पलायन