ओस्कार अवार्डमा प्रियंका

89th Academy Awards - Arrivalsलस एन्जेलसमा आयोजि ८९ औं ओस्कार अवार्ड समारोहमा बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि आफ्नो ग्ल्यामर देखाइन् । उनले ओस्कारको रेड कार्पेटमा पाइला राखेको यो दोस्रो पटक हो ।89th Academy Awards - Arrivals

डिजाइनर सिल्वर राल्फ र रुसोको ड्रेसमा प्रियंका निकै खुलेकी थिइन् । उनले कानमा इयर रिङ र ह्यान्डकफ लगाएकी थिइन् । अवार्ड समारोहमा आफ्नो हलिउड फिल्म बेवाचका को-स्टार ड्वेन जोन्सनका साथ देखिइन् । आगामी मेमा प्रदर्शन हुने यो फिल्ममा ३४ वर्षिया प्रियंका खलनायिकाको भूमिकामा छिन् ।

प्रियंकाले दुई दिनअगाडि इंग्लिस रक ब्यान्ड द रोलिङ स्टोन्सका अगुवा मिक ज्यागरसँग लिएको एउटा सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरेर बताएकी थिइन् कि उनी ओस्कार अवार्डमा भाग लिन गइरहेकी छिन् ।

 

photo

NOC1-250x300