काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक साम मेन्डेसनिर्देशित प्रथम विश्वयुद्धकालीन फिल्म १९१७ र दक्षिण कोरियाली निर्देशक बङ जुन होको प्यारासाइट उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा छन्।
मेन्डेस उत्कृष्ट निर्देशकका दाबेदार पनि मानिएका छन्। उनले सन् २००० मा अमेरिकन ब्युटी फिल्मका लागि पनि उत्कृष्ट निर्देशकको उपाधि हात पारिसकेका छन्।
‘सिंगल सट’ मा खिचिएको यो फिल्मको अधिकांशले प्रशंसा गरेपनि यसमा इतिहासको अनुपस्थिति रहेको भन्दै केहीले आलोचना गरेका छन्।
अर्कोतिर कोरियाली समाजमा विद्यमान वर्गभेद, बढ्दो आर्थिक असमानतामाथि बनेको प्यारासाइटले उत्कृष्ट फिल्मको उपाधि जित्ने पहिलो गैर अंग्रेजीभाषी फिल्म बनेर इतिहास रच्न सक्छ।
सबैजसो समीक्षकले यो फिल्मको एकस्वरमा प्रशंसा गरेका छन्।