ओली : मधेशी जनता एमाले जिताउन आतुर

मधेशी जनता एमाले जिताउन आतुरः ओली२७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशका जनता एमाले जिताउन आतुर रहेको बताएका छन् ।

आज पार्टी कार्यालय धुम्बाराहीमा केही मधेशी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले मधेशमा एमाले सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । केही मान्छेलाई के लागेको छ भने मधेशमा एमाले पत्तासाफ हुँदैछ, ओलीले भने,अब यस्तो भ्रम नराखेकै फाइदा ।

उनले २ नम्बर प्रदेशमा पनि एमालेको उपस्थिती बलियो हुने दाबी गरे ।

एमालेको बहुमतको सरकार हेर्न जनता आतुर रहेको भन्दै ओलीले भने, अब एकपटक पूरा पाँच वर्ष विना अवरोध जनताले एमालेको सरकार हेर्न खोजिरहेका छन् ।

 

photo

NOC1-250x300