ओली : नराम्रो काममा मिल्ने त कांग्रेस माओवादी छँदैछन् नि

30888647

वैशाख २३, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा राप्रपासँगको एकता राजनीतिक रुपमा अर्थपूर्ण रहेको बताउनु भएको छ । काठमाडौंका एमाले उम्मेदवारको परिचय कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले राप्रपासँग स्वार्थका लागि एकता नभएको उल्लेख गर्नुभयो ।

हेर्नोस् त महाअभियोगमा कांग्रेस र माओवादी कसरी मिलेका ?’ राणा शासन सकिए पनि कांग्रेस र माओवादी केन्द्र भित्र जहानीय शासन नसकिएको एमाले अध्यक्ष ओलीको भनाइ थियो । पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सर्वोच्च अदालतको आज आदेशले न्यायालय ज्यूँदै रहेको आभास मिलेको बताउनुभयो ।

‘सम्माननीय प्रधानन्यायाधीशज्यूका विरुद्ध, स्वतन्त्र न्यायपालिकाविरुद्ध जालसाजी, कीर्ते पाराले तथाकथित झुटो महाअभियोगको प्रस्ताव सत्तापक्षले दर्ता गरेको थियो,’ आफूले विरोध गरे पनि महाअभियोग फिर्ता नलिएको भन्दै उहाँले भन्नुभयो, ‘आजको फैसलालले न्यायालय ज्यूँदै रहेको प्रमाण दिएको छ, एमाले यसको स्वागत गर्दछ ।’

 

 

photo

NOC1-250x300