ओली : जिस्काउनेलाई फ्रि मा रेल चढाउँछु (भिडियो सहित)

६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई रेल कुदाउँछु भन्दा जिस्काउनेलाई फ्रिमा रेलको यात्रा गराउने बताएका छन् ।

झापाको दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले त्यस्ता व्यक्तिलाई पूर्व मेची देखि पश्चिम महाकालीसम्म रेल चढाउने बताए ।

‘हामीले रेलको कुरा गर्दा कागजका रेल बनाएर जिस्काए, हेर्दाहेर्दै तिनलाई चढाउँछौं ओलीले भने, जिस्काउनेहरुलाई भन्दिन्छु कमसेकम एक दिन फ्रि टिकट हिँडाइदिन्छु । मैले जिस्काएको थिएँ तपाइलाई रेल बनाउने कुरा पत्याएको थिइन भन्नेलाई एउटा टिकट फ्रि त्यो पनि आतेजाते ।’

उनले पूर्वपीश्चम रेल छिट्टै बन्ने र त्यसकाे सुरुवात पनि मेचीबाटै गरिने बताए ।

अर्को प्रसङ्गमा ओलीले एमाले झ्यालबाट सरकारमा नजाने भन्दै जनताको मत लिएर मूल ढोकाबाट सरकारको नेतृत्व सम्हाल्ने बताए ।

(हेर्नुस् भिडियाे)

https://youtu.be/qwhmmjItTv4?t=7

 

 

photo

NOC1-250x300