ओलीको डेढ घण्टा ! देउवाले दिए ९ मिनेटमा जवाफ

Sre-bahadur-Dauba-768x460२३ जेठ, काठमाडौं । झण्डै डेढ घन्टा लामो भाषणका क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपहरुको खण्डन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ मिनेटमा गरेका छन् ।

 

प्रधानमन्त्रीको उम्मेदवारी किन भनेर बोलौंला भनेको तर, ओलीले धेरै गलत आरोप लगाएपछि जवाफ दिनुपर्ने भयो भन्दै देउवाले सम्बोधन सुरु गरेका थिए ।

भरतपुर प्रकरणमा कांग्रेसको मौनताबारे ओलीले लगाएको आरोपको जवाफ दिँदै देउवाले भने- हामीले निर्वाचन आयोग बनाएका छौं, संवैधानिक रुपले नै आयोग बनाएका हौं ।
साथै देउवाले मतपत्र च्यात्ने काम विगतमा पनि भएको एमालेलाई सम्झाए । मतपत्र पहिले पनि च्यातिएका थिए, यो नौलो होइन, परानो कुरा नगरौं भन्दै देउवाले ओलीलाई सम्झाए ।

भरतपुरको विषयमा एमाले अदालत गएको र अन्तरिम आदेश आएको भन्दै उनले अदालतको आदेशलाई मानेर अघि बढ्ने बताए ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे पनि प्रश्न उठाएको भन्दै देउवाले यो फिर्ता भइसकेकाले अब यसमा बहस गरिरहनु नपर्ने बताए । तर, एमालेले संसद चल्न नदिएकै कारण फिर्ता हुन ढिला भएको उनले बताए ।

देउवाले आफूहरुसँग भएको सहमतिअनुसार नै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको भन्दै प्रचण्डलाई धन्यवाद दिए ।

प्रचण्डको राजीनामाबारे ओलीले निकै चिन्ता गरेको भन्दै देउवाले भने, ‘यस्तो चिन्ता पछि पनि गर्दैर् गर्नुहोला ।’

देउवाले ओलीको दाबीको खण्डन गर्दै हुलाकी राजमार्ग एमालेले नभएर गिरिजाप्रसाद कोइरालाले सुरु गरेको बताए । त्यो सुरुमै दुई लेनको भएको देउवाले बताए । साथै पूर्वपश्चिम राजमार्ग चौडा बनाउने योजना पनि कांग्रेसले नै ल्याएको भन्दै हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको चिन्ता गरेकोमा ओलीलाई धन्यवाद दिए ।

साथै असार १४ गते दोस्रो चरणको स्थानीय चुनाव गर्न आफूहरु प्रतिवद्ध रहेको भन्दै शंका नगर्न देउवाले आग्रह गरे ।

राष्ट्रियताबारे धेरै प्रश्न उठाइएको भन्दै कांग्रेस सभापति देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको मूल सिद्धान्त नै भएको बताए । राष्ट्रियतामा कुनै सम्झौता हुन नसक्ने भन्दै उनले भने, यसमा पाठ सिकाउन आवश्यक छैन ।’

 

photo

NOC1-250x300