१६ असार , बनियानी (झापा) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा माओवादी केन्द्रले एउटा नसोचेको जित हासिल पारेको छ ।
प्रसंग हो, बुद्धशान्ति गाउँपालिकाको । यस गाउँपालिकाको वडा नम्बर ७ मा रोमाञ्चक चुनावी परिणाम आएको छ । सदस्यहरुमा सबै एमाले विजयी हुँदा वडाध्यक्षमा भने माओवादी विजयी भएको छ । वडा अध्यक्ष पनि जित्ने एमालेको अपेक्षा थियो । तर, नसोचेको परिणाम ल्याउँदै माओवादी केन्द्रका मातृकाप्रसाद पौडेल विजयी भए । उनले ३०८ मत ल्याए ।
यता, झापाकै बाह्रदशी गाउँपालिका–१ मा भने एमालेको प्यानल नै विजयी भएको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार बाह्रदशी गाउँपालिका अध्यक्षका लागि काँग्रेसका खड्प्रसाद राजवंशीले ६१४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५८३ मत ल्याएका छन् । एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४५८ र उपाध्यक्ष गङ्गा धमला ४६९ मतका साथ पछ्याई रहेका छन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी